भ्रष्टाचारीले मरेपछि पनि सुख नपाउने : परिवारले तिर्नुपर्ने

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौं । काभ्रेको पतञ्जली योगलाई हदबन्दीभन्दा बढीको जग्गा सट्टपट्टा गर्न दिएको प्रकरणका दुईजना प्रतिवादी बितेपछि उनीहरूका परिवारलाई बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ । मृत्यु भइसकेका पूर्वगृहमन्त्री तथा तत्कालीन मुख्य सचिव माधवप्रसाद घिमिरे र तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठका परिवारमाथि बिगो माग गरिएको हो ।

तत्कालीन मुख्यसचिव घिमिरेको सट्टा उनकी श्रीमती कमला घिमिरेलाई प्रतिवादी बनाइएको छ । यस्तै, तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री श्रेष्ठको हकमा उनका छोरा सन्तोष श्रेष्ठलाई प्रतिवादी बनाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोपपत्रमा उल्लेख छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया