सुन्दरहरैंचामा २० जना नगर प्रहरी तयार

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । मोरङको सुन्दरहरैचा नगरपालिकाले नगरको शान्तिसुरक्षा कायमगर्न नगर प्रहरी तयार गरेको छ । महिला र पुरुष गरी २० जनाको समूह तयार गरी सुन्दरहरैंचाको रेखदेखमा खटाइएका छन् ।

विधि, प्रक्रिया र योग्यतालाई कदर गर्दै कसैको दवाव र प्रभावमा नपरी नगर प्रहरी नियुक्त गरिएको नगरप्रमुख केदार गुरागाईले बताए । नगरप्रहरीलाई बिधिमा रहेर अनुशासनमा रहेर, काम कर्तव्य गर्न आग्रह गदै नगर प्रमुख गुरागाईले नगरप्रहरीका १२ वटा अधिकार भित्र रहेर महत्वपुर्ण काम गर्नुपर्ने र व्यक्ति भन्दा बिधिलाई मान्नु पर्ने पनि उल्लेख गरे ।

स्थानीय सरकारको काम, कारवाहीलाई प्रभावकारी बनाउन नगर प्रहरीको भर्ना गरिएको बताउँदै उनले सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिए । सुन्दरहरैचा नगरपालिकाको शिर ठाडो हुने गरी काम गर्न निर्देशन समेत दिएका छन् ।

नगर प्रहरीलाई बजार व्यवस्थापन, अग्नी नियन्त्रण, सरसफाई तथा फोहर व्यवस्थापनका ’दयगतमा तालिम दिइएको छ । घाइते उद्धार, बजार अनुगमन तथा व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणलगायतका विषयमा पनि तालिम दिईएको नगरपालिकाले जनाएको छ ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया