ई.टि.सी नेपाल र सेभ द अर्थको सहयोगमा ११४ औं अन्तराष्ट्रिय नारी दिवस सम्पन्न

दयाराम कटेल

मोरङ । रामधुनी २मा मङ्गलवार वडा महिला समितिले ११४ औं अन्तराष्ट्रिय नारी दिवस सम्पन्न गरेको छ। ई.टि.सी नेपाल र सेभ द अर्थको सहयोग तथा रामधुनी नगरपालिका वडा नं २को समन्वयमा वडा महिला समितिले ११४ औं अन्तराष्ट्रिय नारी दिवस सम्पन्न गरेको हो।


"महिला माथि लगानीको वृद्धि: प्रगति र समृद्धि" नारा सहित आयोजना गरिएको कार्यक्रममा वडा समितिको उपाध्यक्ष भावना गौतमको अध्यक्षता तथा रामधुनी २का वडा अध्यक्ष नारायण चौधरीको प्रमुख आथित्यतामा रामधुनी २को कार्यालय परिसरमा कार्यक्रम सम्पन्न गरिएको हो। 


कार्यक्रमको विषयमा बोल्दै वडा अध्यक्ष चौधरीले विगतका वर्ष देखि नै समान हक अधिकारका निमित्त वडाले कार्य गर्दै आएको बताएका छन्। उनले नारीहरुको जागरण गर्न महिला सशक्तिकरणका लागि 'सेभ द अर्थ' संस्थासँग सहकार्य गरी महिलाहरुलाई सीप सिकाउने गरेको बताएका छन्। सीपमा पनि विषेशगरी तरकारी खेती, बाख्रा पालन, धान खेती, बङ्गुर पालन लगायतका तालिम उपलब्ध गराई उद्यमशीलता तर्फ अभिमुखिकरण गराउँदै आएको वडा अध्यक्ष चौधरी बताउँछन्। 


यस्तै वडा महिला समितिका उपाध्यक्ष भावना गौतमले फाल्गुन २५ गते नारी दिवस भएता पनि उक्त समयमा विभिन्न कार्यक्रम हुने र समय व्यवस्थापनमा समस्या हुने बताउँदै आज मङ्गलबार नै कार्यक्रमको आयोजना गरिएको बताएकी छन्। उपाध्यक्ष गौतमले महिलाहरुलाई एक जुट बनाउँदै विभिन्न कार्य गर्न उत्प्रेरित गर्दै आएकी छन्। 


सेभ द अर्थको समन्वयमा उक्त वडामा ११ ओटा महिला समुहहरु गठन गरिएको छ। यसै क्रममा उक्त महिला समुह मध्य विभिन्न विधामा (अनुशासन, आर्थिक उपार्जन, व्यवस्थापन लगायतमा) उत्कृष्ट कार्य गर्दै आएका ३ समुहलाई नगद सहित सम्मान गरिएको छ। साथै विभिन्न समुहमा रहेर उत्पादन गरिएका कृषि सामग्री बजारसम्म पुर्याई बेच बिखन तथा व्यापार गर्ने महिलाहरुलाई पनि दोसोल्ला ओडाएर सम्मान गरिएको छ। 


यस्तै सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराईले महिलाहरुलाई संगठित हुन आग्रह गरेका छन्। उनले महिलाहरु आर्थिक उपार्जन तथा जीविकोपार्जनमा सधैं प्राथमिकतामा पर्ने तर उचित सम्मान नपाएको अवस्था बताउँदै उनीहरुलाई सशक्त हुन् आग्रह गरेका छन्। उनले सेभ द अर्थ सधैं महिलाहरुको सीप विकास तथा उनिहरुको हितको निमित्त सधैं लागि पर्ने र आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। 


उक्त कार्यक्रममा रामधुनी २का स्थानीय अगुवाहरु सहित विभिन्न महिला समुहमा आवद्ध महिलाहरुको उपस्थिति रहेको थियो। 

दयाराम कटेल
प्रतिक्रिया