इटहरी । भिजिट भिसामार्फत मानव तस्करी भईरहेको प्रसँगले सत्ताधारी दल कांग्रेसभित्र भाँडभैलो मच्चिएको छ । नैतिकता देखाउन राजीनामा गर्नुपर्ने एकथरी कांग्रेसका नेता देखिए भने कर्मचारीको बदमासीमा मन्त्रीलाई मिसाउन नहुने अर्काथरी निस्किए । हिजो सहकारीमा रकम ल्याउन कुनै आधार नदेखिएका रवि लामिछानेलाई कम्पनी ऐन अन्तर्गत हुनुपर्ने कारवाही सिधै राजनीतिक प्रतिशोधका आधारमा छानविन समिति बनाएर हरेक ठाउँमा डुलाउँदै अहिले जेलमा सडाउन उद्दत नेताहरु नै गृहमन्त्री लेखकलाई बचाउने प्रयासमा लागि परेका देखिन्छन् । तिनै लेखकले हिजो नैतिकताका आधारमा मार्ग प्रशस्त गर्नुपर्ने भन्दै रविलामिछानेलाई संसदमा बोल्न नदिएर संसद बैठक लामो समय अवरुद्ध बनेको इतिहासलाई कुल्चिएर अहिले कर्मचारीको जिम्मा मन्त्रीले नलिनेमा पुगेका हुन । त्यसो त गृहमन्त्रीमाथि लागेको आरोपलाई नेपाली कांग्रेस पार्टी आफै छानविन समिति बनेर कुनै संलग्नता देखिएको छैन भनेर क्लिन चिट समेत दिइसकेको छ । अब उनले राजीनामा दिए भने त्यो कांग्रेसको क्लिन चिटको हविगत के होला ?
विपक्षीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा, प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ र उच्चस्तरीय छानबिन समितिको माग गरेका छन् । उनीहरुले आजको प्रतिनिधिसभा बैठकसमेत अवरोध गरेका छन् । कांग्रेसकै शीर्ष नेताहरु र सांसदहरुले गृहमन्त्री लेखकले यो प्रकरणमा नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठाएपछि राष्ट्रिय राजनीति तातिएको हो ।
स्वयम गृहमन्त्री लेखकले आफ्नै पार्टीका नेताहरुले आफूलाई एक वचन केही नभनी मिडियामा राजीनामा मागेकोमा चित्त दुखाएका छन् । पार्टीको हिजो बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा समेत लेखकले पार्टीलाई अप्ठ्यारो परेको हो भने आफू मार्गप्रशस्त गर्न तयार रहेको वचन दिए ।
तर, सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले कर्मचारीले गल्ती गर्यो भन्दैमा मन्त्रीले राजीनामा दिनुपर्ने भनेर माग गर्नु गलत भएको भन्दै लेखकको बचाउ गरेका थिए । पदाधिकारी बैठकमा गृहमन्त्री लेखकको राजीनामा माग्ने नेताहरु डा। शेखर कोइराला, डा। सुनिलकुमार शर्मा र राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोध्नुपर्ने कुरा उठेको शशांक कोइरालाले खुलासा गरेका थिए । गृहमन्त्री लेखकको राजीनामाको विषयलाई विपक्षीहरुले प्रमुख एजेण्डा बनाएर आजको सदन अवरोध गरेपछि बैठक भोलिसम्मको लागि स्थगित् गरिएको छ ।
सभापति देउवा र महामन्त्री थापाले गृहमन्त्री लेखकको बचाउ गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले समेत गृहमन्त्री लेखकको राजीनामा आउने खुलासा गरेका छन् । कांग्रेस सभापति देउवाले भने अहिले गृहमन्त्री लेखकको राजीनामाबारे केही नसोचेको बताईन्छ । तर, आज विपक्षीहरुले आफ्नो अडानबाट टसमस नहुने छाँटकाँट देखाएपछि भने कांग्रेसभित्रै लेखकको राजीनामा आए गृह मन्त्रालयको नेतृत्वमा कसलाई पठाउने भन्ने विषयमा बहस सुरु भएको छ ।
सभापति देउवाले वीरबहादर बलायरलाई अघि बढाउनसक्ने चर्चा भएको छ । बलायर कैलाली–४ बाट निर्वाचित सांसद हुन् ।गृहमन्त्री लेखकको राजीनामा शेखरले मागेकै भोलिपल्ट राष्ट्रियसभाका दलका नेता कृष्णप्रसाद सिटौलाले भने कर्मचारीले गल्ती गर्दैमा मन्त्रीले राजीनामा दिन नहुने भनेका छन् । पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले पनि लेखकले राजीनामा दिन नपर्ने भनेका छन् ।
तर, परिस्थिति जटिल बन्दै गए र गृहमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भयो भने सिटौला र महतपनि गृहमन्त्री बन्नसक्ने चर्चा छ । देउवाले बलायर, सिटौला र महतमध्ये एकलाई अघि बढाउनसक्नेबारे अहिले कांग्रेसभित्रै गाईंगुईं चल्न थालेको छ । यही जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक दायित्वमा सरकार छ । तर, बजेट आउने अघिल्लो दिन भोलि जेठ १४ गते बुधबार पनि सदन सुचारु हुने अवस्था भने देखिएको छैन् ।
यस्तोमा सरकार कसरी अघि बढ्छ भन्ने चर्चापनि सुरु भएको छ ।गृहमन्त्री लेखक संसदमा आफूमाथि उठेको प्रश्नको जवाफ दिने मनशायका साथ उपस्थित् भएका थिए । तर, विपक्षीहरुको अवरोधको कारण उनले बोल्ने मौका नै पाएनन् । कांग्रेस र एमाले सांसदहरुले गृहमन्त्री लेखकमाथि मिडिया र सोसल मिडियामा समाचार आएको भरमा लाञ्छना लगाउनु गलत भएको टिप्पणी गरेका हुन् ।उनीहरुले गृहमन्त्रीको कुनै संलग्नता नभएकोले राजीनामा दिन नहुने धारणा राखेका छन् । गृहमन्त्री लेखक अहिलेपनि हाईमोरलले आफ्नो कार्यसम्पादनमा व्यस्त छन् ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो