राष्ट्रिय परिक्षा बोर्डमा एसईईको लागि रजिष्ट्रेसन फारम खुल्ला

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलय कक्षा १० ले कक्षा ९ को रजिष्ट्रेसन फाराम खुला गरेको छ । कार्यालयले विद्यालयलाई विद्यार्थीको फाराम भर्दा पछिसम्म फरक नपर्ने गरी फाराम भर्न÷भराउन अनुरोध गरेको छ ।

पनिकाले भनेको छ ‘विद्यालयहरुले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नाम, थर, जन्ममिति, आमा, बाबुको नाम ठीकसँग भरेरनभरेको रुजु गर्ने, गराउने र पछिसम्म फरक नपर्ने गरी प्रमाणित गर्ने ।’

धेरै विद्यार्थीहरु शैक्षिक प्रमाणपत्रमा नाम, थर, जन्ममिति, आमा, बाबुको नाम गलत भएको भन्दै सच्याउन आउने गरेकाले अगाडि नै सचेत गराएको बोर्डले जनाएको छ ।


शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा साधारण, परम्परागत संस्कृतरवेदविद्याश्रमरगुरुकुलरमदर्सारगोन्पा० र प्रविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीहरुले २०८० सालको नियमित माध्यमिक शिक्षा परीक्षा ९एसइइ० मा सहभागी हुनको लागि फारम भर्नुपर्नेछ ।

फाराम आजदेखि चैत मसान्तसम्म नियमित शुल्क र २०८० सालको बैशाख १५ गतेसम्म दोब्बर शुल्कमा भर्न भराउन सक्नेछन् ।

पनिकाको अनुसार अक्षराङ्कन पद्धतिबाट कक्षा ८ पूरा गरेको वा सो सरहको वार्षिक परीक्षामा उत्तीर्ण भएकाले फाराम भर्न सक्नेछन् ।

२०७२ देखि २०७७ सालसम्मका विद्यार्थीले अनिवार्य विषयमा न्यूनतम डीप्लस ग्रेड र २०७८ सालमा न्यूनतम डी ग्रेड प्राप्त गरेको ग्रेटसिट र जन्मदर्ता प्रमाणपत्र बुझाउनुपर्ने छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया