कांग्रेसले क्षेत्र न ५ का सबै वडामा अभिमुखीकरण कार्यक्रम गर्ने

फाष्ट मिडिया नेपाल संवाददाता

दमक ।  नेपाली कांग्रेस झापाको दुई महिने अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम अन्तरगत शुक्रवार क्षेत्र न. ५ मा अन्तरकृयात्मक बैठक सम्पन्न बसेको छ । 

कांग्रेस क्षेत्रीय समितिको आयोजना तथा कमल २ क्याम्पास्थित कांग्रेसको पार्टी कार्यालयमा भएको क्षेत्रीय बैठकले संगठन सृढृढिकरणका लागि बैशाख १५ देखि २६ गतेसम्म क्षेत्रभरि विभिन्न गतिविधिहरु गरिने निर्णय भएको छ । जिल्लाभरि कांग्रेसले संगठन सुढृढिकरण कार्यक्रम अन्तगर्त ५ वटै निर्वाचन क्षेत्रमा अभियान सञ्चालन गरिआएको छ ।

जसअनुसार क्षेत्रका २९ वटै वडामा कार्यक्रम गरिने सचिव धर्मानन्द भट्टराईले बताए । १५ बैशाखमा विहान ८ वजे कमल १ बाट शुरु हुने अभियान २६ गते दमक ४ मा वडा भेलासहित अन्तरकृयाका साथ सम्पन्न गरिने छन् ।

अभियान अन्तर्गत पहिलो दिन बैशाख १५ गते विहान ११ वजे कमल २ र ३ वजे वडा न. ३ मा वडा भेला हुने छ । त्यसैगरि, १६ गते विहान ८ वजे कमल ४, विहान ११ वजे ५ र २ वजे कमल ६ मा वडा भेला हुने छ । त्त्यसैगरि, १८ गते विहान ८ वजे कमल ७ , विहान ११ वजे गौरादह ५ र २ वजे गौरादह ४ मा वडा भेला गरिएको सचिव भट्टराईले बताए ।

यसैगरि, १९ गते विहान ८ वजे गौरादह १,११ वजे गौरादह २ ,२ वजे गौरादह ७ , २० गते विहान ८ वजे गौरादह ६ र ८ विहान ११ वजे गौरीगञ्ज ३ , २१ गते विहान ८ वजे गौरीगञ्ज ५  , विहान ११ वजे गौरीगञ्ज ६ , ४ वजे गौरीगञ्ज ४ मा वडा स्तरिय कार्यक्रम गरिने छ ।

यस्तै, २२ गते विहान ८ वजे दमक ९, विहान ११ वजे दमक १०, २ वजे दमक ८, २३ गते विहान ८ वजे दमक ७ वडामा कार्यक्रम तय गरिएको छ । २४ गते विहान ८ वजे दमक ३, दिनको १ वजे दमक २ नम्बर वडा, २५ गते विहान ८ वजे दमक १ वडा भेला गरिने निर्णयमा उल्लेख छ ।

यसैगरि, २६ गतेविहान ११ वजे दमक ५ वडा, १२ वजे दमक ४ वडा र दमक ६ मा दिनको २ वजे वडा भेला गरि औपचारिक रुपमा कार्यक्रम समापन गरिने छ ।

कांग्रेस क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीको अध्यक्षतामा भएको बैठकमा पार्टी केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू ,कांग्रेस झापा जिल्ला उपसभापति केशव पाण्डेलगायतले बोलेका थिए । उनीहरुले पार्टी संगठन तल्लोतहसम्म मजवुत नभएसम्म उपलव्धि प्राप्त नहुने भन्दै संगठन निर्माणमा जुट्न लाग्नु पर्ने जोड दिए ।

बैठकमा कमल गाउँपालिकाका अध्यक्ष समेत रहेका कांग्रेसका कोशी प्रदेश सदस्य हुकुमसिंह राई, संविधानसभा सदस्य विश्वदिप लिङदेन, कांगे्रसका पूर्व आमन्त्रीत केन्द्रीय सदस्य दिलीप राई लगायतका पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया