झापा। जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिकामा अव्यवस्थित बसोबास गरिरहेका परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ।
समितिका अनुसार अर्जुनधारा नगरपालिकाका १८ अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन् भने बुद्धशान्ति गाउँपालिकाका पाँच परिवारलाई पनि लालपुर्जा वितरण गरिएको छ। वितरण गरिएका जग्गामध्ये केही आवास प्रयोजनका लागि रहेका छन् भने केही कृषि प्रयोजनका लागि रहेका छन्।
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्। लालपुर्जा वितरणसँगै उनीहरूले आफ्नो जग्गामाथिको कानुनी अधिकार प्राप्त गरेका छन्।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण अभियानलाई तीव्रता दिएको छ। यसअघि सरकारले बर्दियाको बढैयातालका २९ भूमिहीन परिवार तथा झापाको बुद्धशान्तिका भूमिहीन परिवारलाई पनि लालपुर्जा वितरण गरिसकेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरण कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाइएको छ।

युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो