रास्वपामा चिकित्सक नै चिकित्सक, ७ जना बढी समानुपातिकमा परे चिकित्सक

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी नेपालमा राजनीतिमा चासो राख्ने चिकित्सकहरूको संख्या ह्वात्तै बढेको छ। यसले गर्दा चिकित्सकहरू मूलधारको दलीय राजनीतिमा प्रत्यक्षरूपमा होमिन थालेका छन्।

फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा मात्रै सात जनाभन्दा बढी चिकित्सक समानुपातिक सूचीमा पर्न सफल भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरेको समानुपातिकतर्फको सूचीमा ७ जना चिकित्सकलाई समावेश गरेको छ।

रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा डा. अभिषेक सिंहदेखि डा. अंकिता ठाकुरसम्म रहेका छन्। रास्वपमाको समानुपातिक सूचीमा डा. अभिषेक सिंह, डा. अकिंता ठाकुरसहित डा। मनोहर प्रधान, डा. ओजस्वी शेरचन, रूपक घिमिरे विश्वकर्मा, डा. रामजी राम र डा। रञ्जित परियार रहेका छन्।

सर्लाहीका डा. अभिषेक र धनुषाका डा. रञ्जित मधेशी ‘क्लष्टर’को पुरुषबाट समानुपातिक सूचीमा परेका हुन्। सप्तरीकी डा। अंकिता मधेशी ‘क्लष्टर’ कै महिलाको सूचीमा रहेकी छिन्। दलित पुरुष ‘कलष्टर’बाट रौतहटका डा। रामजी राम र रूपक घिमिरे विश्वकर्माको नाम रास्वपाको समानुपातिक सूचीमा परेको देखिन्छ।

आदिवासीरजनजाति पुरुष ‘क्लष्टर’बाट चितवनका प्राडा। मनोहर प्रधानदेखि डा। ओजस्वी शेरचनसम्म रास्वपाको ‘समानुपातिक सूचीमा परेका चिकित्सकहरू हुन्।

समानुपातिक सूचीमा परेका डाक्टरहरूमा प्राडा मनोहर प्रधान, डा रञ्जित पञ्जियार, डा रूपक विश्वकर्मा घिमिरे, डा त्रिशला गुरुङ, डा रामजी राम, डा अभिषेकराज सिंह र डा विक्कीकुमार पटेल रहेका छन्। उनीहरू सबै आ(आफ्नो क्षेत्रमा सक्रिय स्वास्थ्यकर्मीका रूपमा परिचित छन्।

डा घिमिरे छालारोग विशेषज्ञ हुन् भने यसअघि उनी मेडिकल काउन्सिलको सदस्य समेत भइसकेका छन्। यस्तै डा सिंह चिकित्सा शिक्षा सुधारका लागि भन्दै पटक(पटक अनशन बस्दै आएका डा गोविन्द केसीको अभियान सुरुवाती समयदेखि लागेका पात्र हुन्।

पछिल्लो समयमा जेनजी आन्दोलन र त्यसपछि बनेको सुशीला कार्की सरकार गठनमा उल्लेखनीय भूमिका खेलेको सार्वजनिक भएको थियो। यस्तै दलित कस्टरबाट ७६ नम्बरमा समानुपातिक सूचीमा पर्न सफल डा रामजी राम भने चिकित्सा शिक्षा अध्ययनमा संघर्ष गरेर अध्ययन गरेका र पछिल्ला वर्षमा समाज सुधारको अभियानमा लागेका पात्र हुन्।

प्राडा प्रधान लामो समयदेखि चितवनमा रहेर चिकित्सा पेशाका साथै प्राध्यापन पनि गर्छन्। कलेज अफ मेडिकल साइन्सेजमा पछिल्ला १५ वर्षदेखि प्राध्यापनरत डा। प्रधान दुईपटक नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भएका थिए।

हुनत रास्वपामा विघटित प्रतिनिधिसभामा समेत चिकित्सकहरूको सहभागिता थियो। विघटित प्रतिनिधिसभामा स्त्रीरोग विशेषज्ञ समेत रहेकी  डा। चन्दा कार्की रास्वपाबाट समानुपातिक सांसद बनेकी थिइन्। यस्तै जनरल सर्जन डा। तोषिमा कार्की ललितपुरबाट प्रत्यक्ष निर्वाचित भएर प्रतिनिधिसभामा प्रवेश गरेकी थिइन्। केही समय उनी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री समेत बनेकी थिइन्।

चिकित्सक बाहेक रास्वपाको समानुपातिक सूचीमा विद्यावारिधि गरेका डाक्टरको संख्या पनि धेरै छ।

डा। अरनिको पाण्डे, डा। महेन्द्र लावती लगायतका पिएचडी गरेका डाक्टर समेत समानुपातिक सूचीमा अटेका छन्।  thahakhabar


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया