इटहरीमा रक्तदान, १२३ पिन्ट रगत संकलन

सुप्रिया राई

इटहरी । किराँत राई सुम्नीमा संघ इटहरी ६ तथा किराँत राई यायोख्खाको ३७ औ स्थापना दिवसको अवसरमा इटहरीमा शनिबार गरिएको खुल्ला रक्तदानबाट का १२३ पिन्ट रगत संकलन भएको छ ।

सुनसरी जिल्लामा देखिएको रगतको अभाव र अस्पतालमा रगत नपाएर छटपटाइरहेका बिरामीको अवस्थालाई मध्यनजर गरेर रगतकै कारणबाट कसैको ज्यान नजाओस् भन्ने पवित्र उद्देश्यका साथ बृहत र खुल्ला रक्तदान कार्यक्रम अयाोजना गरिएको आयोजक संस्था इटहरी ६ को किरात राई यायोख्खा  अध्यक्ष चिराहाङ राईले जानकारी बताए । 

 रगत चाहि कुनै कलर,वर्ण,जात,धर्म,विभेद,पाटि नभनी समग्र मानव समुदायमा प्रयोग गर्न मिल्ने महत्वपुर्ण काम भएकोले प्रत्येक वर्ष स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको र आज भएको रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र धरानको प्राविधिक सयोग रहेको समेत अध्यक्ष राईले जानकारी गराए ।

 किरात राई सुम्नीमा महिला संघ,किरात राई यायोख्खा तथा किरात राई यायोख्खा युवा संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा रेडक्रस सोसाइटीका सभापति उमेस थापा,किराया जिल्ला कार्यसमीतीका अध्यक्ष राजेन्द्र राई,किराया नगर अध्यक्ष खगेन्द्र राई लगायत विभीन्न संघ सस्थाको प्रतिनिधीहरुको उपस्थीती रहेको थियो ।


सुप्रिया राई
प्रतिक्रिया