प्रेमको सम्बन्ध चेतनासँग छ । प्राणी जति चेतनशील हुन्छ, उति होसपूर्ण । जति होसपूर्ण हुन्छ उति आनन्दित मानिसले प्रेमलाई यौन शरीर केन्द्रित ठान्दछ, त्यो भूल हो । असली प्रेम यौन र शरीर केन्द्रित हुनुहुँदैन । यौन र प्रेम छुट्टाछुट्टै कुरा हो । म सानैदेखि नारीप्रति सकारात्मक थिएँ । मैले यसभन्दा अगाडि पनि धेरै ठाउँमा आफ्ना कृति तथा रचनाहरूमा लेखेको छु । जसरी पुरुष र नारी एकअर्काका पूरक हुन्, त्यसैगरी प्रेम र नारी पनि एक अर्काका पूरक हुन् र हुनुपर्छ ।
एक जना ज्योतिष युट्युवमा भन्दैथिए– ६३ वर्षीया महिला आफ्नो माग्य देखाउनु आउनु भयो । अक्सर उमेर हेरेर भाग्य हेर्ने गरिन्छ । युवा छ भने उसको वैवाहिक अवस्था, आयआर्जनका माध्यम, विदेश यात्रा, बच्चा छ भने उसको स्वास्थ्य, शिक्षा आदिको हेर्ने गरिन्छ तर ५० कटिसकेको व्यक्तिको भाग्य हेर्दा अक्सर स्वास्थ्य अवस्थाकै विषयमा हेर्ने गरिने भएको हुँदा ति आउनु भएको ६३ वर्षीया महिला पनि स्वास्थ्यको विषयमा होला भन्ठानेर आफुले बताएको तर उहाँले रोकेर मलाई स्वास्थ्य चाहिएको होइन मेरो यो उमेरमा प्रेमको अवस्था कस्तो छ ? ज्योतिष आफै छक्क परेको सुनाए । उनले ६३ वर्षको महिलालाई अब किन प्रेम चाहियो भन्ने लाग्यो तर कुरा उनैले खुलाईन । एकजना श्रीमान गुमाइसकेकी छोराछोरी सबै टुंगो लागिसकेका र सबै विदेशमा रहेको अवस्थामा ६९ वर्षको एक बृद्धासँग प्रेम भईरहेको खुलाए पछि त ज्योति झण्डै ढलेनन रे ।
यो उमेरमा पनि प्रेम गर्ने भनेर ज्योतिले भनिनसक्दा ति ६३ वर्षीया महिलाले भनिन रे– शुद्ध र स्वच्छ प्रेम यो उमेरको रहेछ । उमेरको प्रेम काम, बासनामा हुने, छोराछोरी पाउनुपर्ने, घरगृहस्थी गर्नुपर्ने तर यो उमेरमा त्यो सबै परेन । अब न छोराछोरी जन्मिने, नत काम बासनापट्टि मनै जाने भएको यो उमेरको प्रेम चाहि साँच्चिकै प्रेम लागेर मेरो प्रेम भईरहेको सुनाएको बताइरहेका थिए । वास्तवमा प्रेममा स्वार्थ हुनुहुन्न । प्रेम निस्वार्थ मेरो बुवा भन्नुहुन्थ्यो– ’कुनै पनि भान्सामा चुरा बजेनन् भने त्यो भान्सा जति सुन्दर वा भोजन चौरासी व्यञ्जन भए पनि स्वादिलो र रसपूर्ण हुँदैन । भोजन रसपूर्ण हुन र भान्सा सुन्दर हुनका लागि त्यहाँ नारीको उपस्थिति चाहिन्छ ।’ यो बुवाको नारीप्रतिको सम्मान थियो । सबै पुरुषले नारीलाई सम्मान गर्नुपर्छ। मैले पनि जानेर कुनै पनि नारी वा स्त्रीजातिलाई अन्याय गरेको छैन । पुरुष र नारी एउटै रथका दुईवटा पाङ्ग्रा हुन् । यसमा समान सन्तुलन हुन सक्नुपर्छ । नत्र जीवनरूपी रथ अगाडि जान सक्दैन । भार थेग्नका लागि दुवै रथका पाङ्ग्रा ठीक अवस्थामा हुनुपर्छ । त्यसैले पनि होला पतिले पत्नीलाई अर्धाङ्गिनी पनि भन्ने गरेको पाइन्छ । कुनै पनि पतिको आधा अड्ङ्ग पत्नी हो। पतिपत्नीको सम्बन्ध ठीक भएन भने उसको अङ्ग पनि पूरा नहुन सक्छ । हुन त यो वैदिक कुरा हो । प्रेमको बारेमा शास्त्रमा भनिएको छ ।
’प्रेम अविच्छिन्न चेतन ईश्वर हो । अविद्या अवच्छिन्न चेतन जीव हो । प्रकृतिमा त्रिगुण सत्त्व, रज र तम छन् । यसैले ईश्वर र जीवात्मा खडा भएको हो । प्रेमको आफ्नै शक्ति छ ।
फामिने ज्योतिष
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो