इटहरी । काठमाडौं पुगेर फर्किए पनि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको बोली फेरिएको छ । उनले यस अघि कांग्रेसलाई भागवण्डा मिलाउन मन्त्रालय बढाउनुपर्ने दिएको अभिव्यक्ति फेरिएर अब नबढाउनेतिर पुगेको बताएका छन् । काठमाडौंबाट फर्किँदा आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कार्कीले मन्त्रालय संख्या ९ बाट नबढाउने बताए । एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्रालय लिने सहमति भएको दुबै दलका नेताहरुले बताएका छन् । तर कांग्रेसले आन्तरिक भागबण्डा मिलाउन मन्त्रालय बढाउन मुख्यमन्त्रीलाई आग्रह गरेको छ ।
अब....सोही कारण १२ साउनमा सरकारमा जाने निर्णय गरेको कांग्रेसले अझै मन्त्रीको नाम पठाउन सकेको छैन । काठमाडौंमा कांग्रेस र एमालेका शीर्ष नेता भेटेर आएका मुख्यमन्त्री कार्कीले मन्त्रालय नथप्ने सहमति भएको बताएका हुन् । ‘हामी मन्त्रालय बढाउँदैनौँ, अहिले भएकै मन्त्रालयमा मुख्यमन्त्रीसहित एमालेले ५ र कांग्रेसले ४ मन्त्रालय लिन्छ’, उनले भने,‘ एक दुई दिनभित्रैमा मन्त्रिपरिषद बिस्तार हुन्छ ।’ कांग्रेसले मन्त्रीको नाम दिने बित्तिकै मन्त्रिपरिषद् विस्तार गर्ने पनि मुख्यमन्त्री कार्कीले बताए ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो