क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले खनारमा माओकाे जन्मजयन्ती सम्पन्न गरेका छ ।

सुप्रिया राई

इटहरी । देशै भरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले माओकाे १३२ अैा जन्मजयन्ती मनाइरहदा सुनसरीको खनारमा पनि एक कार्यक्रमकाे आयाेजना गरि सम्पन्न गरीएकाे छ ।

 २००६  सालमा कम्युनिस्ट पार्टीको स्थापना पुष्पलालकाे नेतृत्वमा भएर देशमा सबैखालका उत्पिडनहरुकाे मुक्त गर्नु पर्छ भन्ने कुरा कम्युनिस्टले उठाएकाे हाे,तर कम्युनिस्ट पार्टीको नाममा २०४८ साल देखि विभिन्न निकायमा कम्युनिस्टहरुकाे चरित्र भन्दा बाहिरका खराबी गरेकाे कारण बिकृती भइरहेकाे केन्द्रीय सदस्य डिल्ली बाेहराले कार्यक्रममा बताएका छन् ।


त्यसैले  गर्दा याे संसदिय फाेहाेरी खेलबाट याे देसमा सुसासन ल्याउन सकिदैन भन्ने हिसाबले कम्युनिस्टहरुकाे पुन गठन गर्ने सन्दर्भमा क्रान्तिकारी कम्युनिस्ट घटकहरुकाे बिचमा एकता गर्दै मंसिर १३ गते देखि २३ गते सम्म महाधिवेशन सम्पन्न गरेकाे पनि सदस्य बाेहराले जानकारी गराए ।

माओकाे जन्मजयन्तीकाे अवसरमा गरीएकाे  कार्यक्रममा पारस लिम्बू,अगम सिंह बि.क.,खम्बासिंह कार्की,रबिकिरण,लबदेब,नवीन थापा,निरु पाेखरेल लगायतले आ-आफ्नो भनाइ रनखेका थिए ।



सुप्रिया राई
प्रतिक्रिया