रास्वपाको झापामा हस्ताक्षर : विभिन्न दल तथा स्वतन्त्र नागरिक, दमक मेयर थापासहित ६० हजारले गरे हस्ताक्षर

फाष्ट मिडिया नेपाल संवाददाता

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधिएको भन्दै त्यसविरुद्ध जनमत ठूलो संख्यामा संकलन भएको छ । पार्टी सभापति लामिछानेमाथि प्रतिशोध साँधिएको भन्दै त्यसविरुद्ध देशव्यापी हस्ताक्षर अभियान थालेको रास्वपाले जिल्लाभरिबाट करिव ६० हजार बढी हस्ताक्षर संकलन गरेको रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकले बताए । यो अभियानमा राजनीतिक दल, सरकारी कर्मचारी, प्रहरी, नागरिक समाज, कलाकार, पत्रकारदेखि जनप्रतिनिधिसम्मको समर्थन देखिएको छ ।

सरकारी कर्मचारी, कलाकारलगायतले विभिन्न आरोप खेपिरहेकै वेला जनप्रतिनिधि वा झापाको दमक नगरपालिका मेयर समेत रहेका राप्रपा कोशी प्रदेश अध्यक्ष रामकुमार थापाले पनि हस्ताक्षर गरेर रवि लामिछानेमाथि प्रतिशोध साँधिएको जनाउ गरेका छन् । उनको हस्ताक्षरले रास्वपालाई थप हौसला मिलेको सो पार्टीका झापा क्षेत्र नं ५ का क्षेत्रीय सभापति  भेषराज भट्टराईले जानकारी दिए ।

झापाको दमकमा मात्रै ६ हजारबढी हस्ताक्षर संकलन भएको सो पार्टीका दमक नगर सभापति तीर्थ लामिछानेले जानकारी दिए । विभिन्न दलसम्बद्ध र स्वतन्त्र व्यक्तिहरुले हस्ताक्षर गरेका छन् । मानवाधिकारवादी डा. केपी सुवेदी, आदिवासी जनजाती महासंघ पूर्व केन्द्रीय महासचिव नित्यानन्द ताजपुरिया, माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा झापा जिल्ला इन्चार्ज रन्जित तामाङ, नगर ईन्चार्ज वेद गौतम, नगर अध्यक्ष रवि बस्नेत, दमक उद्योग वाणिज्इ संघ वरिष्ठ उपाध्यक्ष राजु खड्का, तामाङ घेदुङ संघ दमक अध्यक्ष दुर्गा तामाङलगायतले दमकबाट हस्ताक्षर अभियानमा हस्ताक्षर गरेका छन् । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया