सरकार र आन्दोलनरत शिक्षकबीच आज वार्ता हुने भएको छ । शनिवार बिहान शिक्षा तथा प्रविधि मन्त्रालयमा बिहान ७ः३० बजेबाट वार्ता सुरू हुनेछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी शिक्षकहरूसँग शनिवार बिहान वार्ता गर्न लागिएको जानकारी दिएका हुन् ।
पौडेलले जारी विज्ञप्तिमा वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न शिक्षामन्त्री रघुजी पन्तले आह्वान गरेकोसमेत उल्लेख गरेको छ ।
हिजो दिउँसो ३ः०० बजे हुने भनिएको वार्ता अन्तिम समयमा आएर भाँडिएको थियो । आन्दोलनरत शिक्षक महासंघलाई नसोधी सिंहदरबार गेटमा २५ जनाको नाम मन्त्रालयले पठाएको भन्दै शिक्षकहरू वार्ता नगरी फर्किएका थिए ।
फाष्ट मिडिया नेपाल संवाददाता
१३ बैशाख २०८२, शनिवार ०८:०३ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो