दमक । आधुनिक खेती प्रणालीको अभ्यासमा गएका झापाका किसानले यो बर्ष मेशिन भएर पनि प्रयोग गर्न सकेनन । कात्तिकको मध्यतिर आएको लामो झरीका कारण खेतका गराहरुमा पानी जमेकाले मेशिन चलाउन नसक्दा किसानको लगानी नै नउठ्ने भएको छ ।
झापा जिल्लामा विगत बर्षहरुमा यो बेला खेतीका फाँटहरुमा धान काट्ने ठूल्ठूला हारभेष्टर मेशिनहरु चलेको प्रसस्त देख्न पाइन्थ्यो । तर वेमौषमी बर्षाले धान लडेर खेतीमा पानी नसुकेका कारण यो बर्ष उच्च भूभागका खेती बाहेक मेशिन प्रयोगमा आउन नसकेको गौरिगंज गाउँपालिका वडा नम्बर १ का बी. पी. चम्लागाईले बताउनु भयो । चम्लागाईका अनुसार मेसिन फस्ने जोखिमले गर्दा धान थन्काउन समस्या भएको छ ।
सरकारको अनुदानमा जिल्लामा कृषि समूह तथा सहकारीले मात्र दर्जन बढी धान काट्ने मेशिन खरिद गरी प्रयोग गर्दै आएका छन् । तर लामो झरीले लडेको धानबाली उठाउन नसक्दा यो बर्ष धेरै किसानको लगानी त्यतिकै खेर गएको छ ।
झापा जिल्लामा यो बर्ष धान रोप्ने बेला खडेरी परेकाले धान रोपाई क्षेत्रफल ७३ हजार ५ सय हेक्टरमा ४ प्रतिशत कमि भएको छ । रोपाई देखि समस्या भोगेका किसानले धान उठाउने बेला असोज र कार्तिकमा बर्षासँगै आएको बाढीले धानबालीमा ठूलो क्षति भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार अशोज र कार्तिकको बर्षा र बाडीले गर्दा झन्डै एक अर्ब रुपयाँ मुल्यको धान नोक्शान भएको छ ।
लामो समयको झरीले लडेका गहिरो भूभागका धान धेरै जसो खेतीमै उम्रिएका छन् । वेमौषमी बर्षाले गर्दा भिजेर लडेका धान थन्काउँन लगानी समेत नउठ्ने भएकाले कतिपय किसानले खेतमै छाडेको उनीहरुको भनाइ छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो