निकै ठुलो फड्को मार्दै सुन– मूल्य पुग्यो तोलाको २ लाख १० हजार नाघ्यो

फाष्ट मिडिया नेपाल संवाददाता

सुनको मूल्य तोलाकै २ लाख १० हजार नाघ्यो

इटहरी । शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ।

पछिल्लो समय सुनको मूल्य लगातार बढिरहेको छ, जुन अहिलेसम्मकै उच्च हो।

चाँदीको मूल्यमा पनि वृद्धि भएको छ, आज प्रतितोला २ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ । पछिल्लो समय निरन्तर बढिरहेको सुनको मूल्यले शुक्रबार पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा  २ हजार ५ सय रुपैयाँले बढ्दै आज तोलाको २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको हो । 

यो मूल्य अहिलेसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । 

आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएकोमा आज २ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया