फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स
इटहरी । मोरङको मिक्लाजुङ वडा नं। २ मिक्लाजुङमा जारी तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा वडा नं. ७ लाई ट्राइवेकरमा ३–० को अन्तरले हराउँदै वडा नम्बर २ फाइनलमा प्रवेश गरेको हो ।
खेल सुरुवाती चरणबाट नै निक्कै आक्रमक र रोमान्चक बनेको थियो । खेलको निर्धारित समयमा कुनै पनि गोल हुन सकेन । त्यसपछि खेल ट्राइबेकरमा परिणत भएको थियो । ट्राइबेकरमा वडा नंं। ७ लाई ३–० को अन्तरले हराउँदै वडा नंं। २ विजयी भएको हो । त्यसका लागि वडा नम्बर २ का रुप कुमार राई, अनिल चाम्लिङ र किशन राईले गोल गरे । वडा नं। ७ का युवराज श्रेष्ठ, जेम्स श्रेष्ठ र सागर अधिकारीको पेनाल्टीलाई वडा नम्बर २ का गोलकिपरले बचाएका थिए ।
आजको खेलको म्यान अफ द म्याच वडा नं। २ का टिम क्याप्टेन शुखम चाम्लिङ घोषित भए । भोलिको सेमिफाइनल खेलमा मिक्लाजुङ गाउँपालिका वडा नंं। ६ र वडा नं। ३ बीच मध्यान्ह ३ बजेबाट मनोहर जनता माविको खेल मैदानमा हुनेछ ।
शनिबारको खेल हेर्न मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राई वडाध्यक्षहरू सुशीलराज चौहान, अर्पण श्रेष्ठ, सन्तोष मगरको खेल मैदानमा उपस्थिति थिए । प्रतियोगितामा दर्शकको उपस्थिति उल्लेख्य रहेको थियो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो