जनतासँगको चुनावी बाचा पुरा गर्दै पौडेल, बन्यो इटहरीमा सुविधा सम्पन्न बसपार्क

खगेन्द्र कार्की

इटहरी । इटहरीमा पुरानो बसपार्कलाई सौन्दर्यकरण थपले आधुनिक बसपार्क निर्माण गरिएको छ । इटहरी–९ स्थित पुरानो बसपार्कलाई भत्काएर नयाँ सुविधा सम्पन्न बसपार्क बनाइए पछि बसपार्क नछिरी बाहिर बाहिरै हाइवेमा निस्कने बसहरु बसपार्क छिर्न थालेका छन् । झण्डै साढे नौ करोडको लागतमा बनेको सो बसपार्कको आकर्षण भनेको एउटा सुविधा सम्पन्न भवन निर्माण गरिएको छ । 

पूर्वी नेपालको संगमस्थल मानिने सुनसरीको इटहरीमा बनेको सो बसपार्कको शिलान्यासमै नगर प्रमुख हेमकर्ण पौडेलले समयमै निर्माण सक्न निर्माण कम्पनीलाई निर्देशन बमोजिम ४ महिना अगावै काम सम्पन्न भएको छ । मेयर पौडेलको चुनावी नारामा राखिएको सो बसपार्कको ठेक्का श्री अर्थ–हाम्रो–श्रीमान हेटौंडा–६,मकवानपुरले  ९ करोड ४८ लाख ८३ हजार ५ सय ५६ रुपैयाँमा ठेक्का पारेर उक्त बसपार्क निर्माण गरेको हो ।  इटहरी उपमहानगरपालिकाले नगर विकास कोषसँग ऋण लिएर व्यवस्थित बसपार्क बनाउन लागेको हो।  झन्डै दुई दशकअघि निर्माण भएको बसपार्क अव्यस्थित भएकाले नमुना बस पार्क निर्माण गरिएको पौडेलले बताए। 

बसपार्क एक बिघा क्षेत्रफलमा निर्माण भएको छ । तीन तलामा निर्मित भवन व्यावसायिक प्रयोजनसहितको रहेको जनाइएको छ । निर्वाचनका बेला नेपाली काङ्ग्रेसबाट प्रमुखको उम्मेदवार बनेका हेमकर्ण पौडेलले इटहरीमा सुविधासम्पन्न भवन निर्माण गर्ने घोषणा–पत्रमा उल्लेख गरेका थिए ।

नगर प्रमुख पौडेलले आफू नगर प्रमुखमा निर्वाचित भएपछि घोषणा पत्रको प्रतिबद्धताअनुसार काम गरेको बताए । यात्रुहरूलाई असुविधा भएपछि  बसहरू पनि बसपार्क नआई भित्री बाटो हुँदै सिधै मुख्य राजमार्गमा निस्किने गरेका थिए ।


खगेन्द्र कार्की
प्रतिक्रिया