इटहरी । सरकारले मृगौला प्रत्यारोपण निःशुल्क, मृगौला, क्यान्सर र मेरुदण्डका बिरामीलाई ५ हजार भत्ता दिने निर्णय कागजमै सीमित देखिएको छ । देशभर विभिन्न क्षेत्रमा यतिखेर मृगौलाका रोगीहरु जीवन खोज्दै भौतारिइरहेका छन् । यसै क्रममा इटहरी उपमहानगरपालिका वडा नं. ८ निवासी पत्रकार पीवी दियाली (प्रैम बहादुर) पनि परेका छन् । व्यवस्था परिवर्तन र परिवर्तित व्यवस्थालाई सामाजिक अभियानमै जोडिएर संस्थागत गर्दै तीन दशकदेखि पत्रकारितालाई गर्जो टार्ने मेलो बनाएका दियाली यतिखेर मृगौला पीडित बनेका छन् । उनका दुवै मृगौलाले काम नगरेपछि यतिखेर जीवन खोज्दै सहयोगको याचना गरिरहेका छन् ।
आफ्नै बलबुताबाट १ वर्ष अगाडिदेखि नै उपचारमा रहेका दियाली पछिल्लो समयमा बीपी, नोबेल हुँदै अहिले न्युरो अस्पतालको शैयामा पुगिसकेका छन् । डाक्टरले मृगौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिए पछि आर्थिक अभावका कारण थप पीडित बन्दै उनी देश विदेशमा रहेका नेपाली माग सहयोगको याचना गरेका छन् । डाक्टरको सल्लाह अनुसार उनलाई मृगौला प्रत्यारोपणका लागि १० लाखको आवश्यक रहेको र मृगौला दिने व्यक्तिको खोजी भईरहँदा केही व्यक्तिहरु आएकोले आफूलाई बाँच्छु भन्ने आधार तयार भएकोले उत्साहित बनाएको पनि बताए ।
त्यसो त उनको सहयोगका लागि इन्खा अस्पतालका सञ्चालक तथा सामाजिक अभियन्ता खगेन्द्र ओलीको संयोजकत्वमा ५ सदस्यीय पीबी दियाली बचाउ अभियान नै थालिएको छ । सो अभियानले शुक्रबार बिरामी दियालीकै निवासमा पत्रकार सम्मेलन गरे अहिलेसम्म उठेको रकम सार्वजनिक गरेको छ । शुक्रबारसम्म सो अभियानबाट १ लाख २७ हजार ५ सय १५ रुपैयाँ उठेको र उपचारका क्रममा ४० हजार खर्च भईसकेको समितिका संयोजक वलीले बताए । संयोजक ओलीले इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले व्यक्तिगत रुपमा राम्रै सहयोग गरेको बताए । त्यसो त भानुभक्त घिमिरे, एक चन्द्र बराल, कविराज गिरी, डा. खगेन्द्र ओली, केवल फुयाल, लीला घिमिरे, बुद्ध कुमारी विक, सरोज दिलु बिक, द्वय कल्पना विक, अर्बिन्द कुमार, लीला कु. दियाली, जीवन धतानी, खडिन्द्र मगर, वालादेव ढुंगाना, पवित्रराम थापा, केवलमणि रिजाल, बेचन परियार, अजय गडैली, इन्द्र सिलवाल, सन्तोष पोखरेल, विन्दा दियाली, रेखा खतिवडा, जीवन देवी गौतम र नाम नखुलाइएका ३ जना गरी सो रकम संकलन भएको अभियानका संयोजक ओलीले पत्रकार सम्मेलनमा बताए । ओलीले पत्रकार सम्मेलनमा सामाजिक अभियानमा जोडिएर पत्रकारिताका माध्यमबाट योगदान दिइरहेका र देश, जनता र समाजका लागि केही गर्नुपर्छ भनेर लागिरहेका कलकलाउँदै उमेर ४५ वर्षीया दियालीलाई बचाउन देश विदेशमा रहेका नेपालीलाई आग्रह समेत गरेका छन् ।
पत्रकार सम्मेलनमा इटहरीलाई कार्यक्षेत्र बनाएर मकालु टुडे र गणराज्य साप्ताहिक पत्रिका चलाउँदै आएका दियालीलाई डाक्टरको सल्लाह अनुसार आफन्तबाट मृगौला मिले पनि उपचारको लागि आर्थिक हैसियत नभएको कारणले सबैलाई सहयोग गर्न अनुरोध गरेको उनले बताए । सहयोग गर्न चाहने मनकारी दाताहरुले माछापुच्छ्रे बैंकको प्रेम बहादुर दियालीको ०१५००९६८१८९०००११ खातामा जम्मा गर्न सक्ने दियालीले बताए ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो