रविलाई जेल स्थानान्तरण गर्न रोकिएकोप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बसेको कारागारमा अमानविय व्यवहार भएको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि मानव अधिकार आयोग र इन्सेकका प्रतिनिधिले अनुगमन गरेका छन् । 

मानव अधिकार आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीलगायतको टोलीले जेलरसँगै कारागारको अनुगमन गरेको हो । 

अनुगमनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अनुगमन टोलीले न्यूनतम् मानव अधिकारका विषयमा कारागार प्रशासन चुकेको बताए । सो क्रममा उनीहरुले बाहिर समाचारमा आएजस्तो लामिछानेलाई राखिएको कोठामा एसी नभएको पुष्टि गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापाले क्षमता भन्दा बढी कैदी राखिनुनै ठूलो मानव अधिकारको हनन् भएको बताइन् । 

‘रविजीसँग २ ओटा पंखा छ । एसी छैन । झ्याल राखेको कारण चाहीँ सुरक्षा कारणले भन्नुभयो । मेन भनेको उहाँले कोठाबाहिर हिँड्न पाउनुभएको छैन ।’ 

त्यस्तै पत्रपत्रिका पढ्न नापएको विषयमा उनले भनिन्, ‘कसैले साथीभाईले ल्याएर दिएको चाहीँ पढ्न पाइँदो रहेछ । पत्रपत्रिको नआएको भएर उहाँले पढ्न नपाएको भन्ने कुरा आयो ।  बेसिक ह्युमन राइट झ्याल खोल्न पनि हावासम्म पनि नपाउने गरेर सुरक्षाको कारण देखाउनुभएको छ । त्यो हामीले मान्छौँ । धेरै कैदिबन्दीहरु हुनुहुन्छ, हामी बोर्डर एरियामा छौँ । उहाँको सुरक्षाको चिन्ता दिनु ठूलो कुरा हो । तर कुनैपनि कैदी बन्दीलाई ल्याएर राखेपछि सुरक्षाको जिममेवारी सरकारले लिनुपर्छ । सरकारले सुरक्षाको बन्दोबस्त गरेर कैदी राख्नुपर्ने हो तर त्यो नभएको हामीले पायौँ । रविजीसँगको कुरामा पनि उहाँले पनि त्यो नपाएको पायौँ ।’

– उनले कारागारमा कैदीहरुलाई राखिसकेपछि उनीहरुको व्यवस्थापन गर्ने जिम्मा सरकारको भएको बताइन् । त्यस्तै रवि लामिछानेले कारगार स्थानान्तरणको लागि निवेदन दिएर अदालतले समेत अनुमति दिइसकेको अवस्थामा यहीँ राखिएको विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको बताइन् । ‘अर्को ठूलो कुरा बन्दीले नै स्थानान्तरण गर्न पाउँ भन्दा अदालतले अनुमति नै दिँदा पनि अर्को ठाउँ स्थानान्तरण गर्न नसक्नुका पछाडी के छ भन्ने कुरामा आयोग गम्भीर ध्यानाकर्षण भएको छ । उहाँको मोबिलिटीको जुन राइट छ, बाहिर आएर स्वच्छ हावा लिन पाउनुपर्ने, बाहिर हिंडडुल गर्न पाउनुपर्ने, पत्रपत्रिका पढ्न पाउनुपर्ने त्यस्तो छैन र अदालतबाट स्थानन्तरणको लागि अनुमति पाइसकेपछि यहीँ राखिरहनुले चै के कारणले हो भन्नेमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’ इन्सेक प्रतिनिधि रिमा बीसीले ढोका विनाको खुल्ला ट्वाईलेट रहेको, लुगाबाट नसुकेको जस्तो स्माइल आइरहेको, सानो रेडियो, किताबहरु रहेको उनले बताएकी छन् । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया