नयाँ राष्ट्रपतिका लागि भएको मतदान सम्पन्न

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता

काठमाडौं । मुलुकको नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान सम्पनन भएको छ । 

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा मतदान भइरहेको हो । मतदान स्थलमा सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र बनाइएको थियो । मुलकको तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।  कांग्रेसका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुन् । मतदान स्थलमा राष्ट्रपतिका उम्मेदवारद्वय पौडेल र नेम्वाङले मुलुकलाई एकतावद्ध बनाएर अघि बढाउने भन्दै एकअर्कालाई शुभकामना दिनुभएको छ । 

राष्ट्रपति निर्वाचनमा संघीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।     राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुन: उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।    

खगेन्द्र कार्की
प्रतिक्रिया