इटहरीमा पतञ्जली योग समितिद्वारा माया घर नेपालमा खाना खुवाउने कार्यक्रम

सुप्रिया राई

इटहरी । पतञ्जली योग उपमहानगर समिति इटहरीले नेपालीहरुको महान चाड विजयादशमी, शुभ दिपावली, नेपाल संवत ११४५, छैठ तथा तमु ल्होसारलगायतका चाडपर्वको अवसरमा माया घर नेपालमा आश्रित मानवहरुलाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

भरखरै नेपालमा आएको विषम परिस्थितिलाई सहज बनाउन र नवदुर्गा भवानीले सबैमा सहनशीलताको शक्ति प्रदान गरून् भन्ने उद्देश्यसहित शुभकामना आदानप्रदान तथा खाना खुवाउने कार्यक्रम आयोजना गरिएको समितिकी अध्यक्ष उर्मिला कटुवालले जानकारी गराइन ।

माया घर नेपालका अध्यक्ष सुभद्रा प्याकुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पतञ्जली योग समितिका सल्लाहकार बिदुर थापा, उपाध्यक्ष बालकृष्ण निरौला, महासचिव माधव सिक्तेल, कोषाध्यक्ष विमला पोखरेल, सचिव लक्ष्मी सुतिहार, माया घर साधना केन्द्रकी योग शिक्षिका बिना धिताल, सिंहबाहिनी साधना केन्द्रका योग शिक्षक सजन राई, उद्योग वाणिज्य संघकी योग शिक्षिका मनिका तिम्सिना, नगर सदस्य राधा चौधरीलगायत इटहरी लेडी जेसिजका पूर्व अध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।

कार्यक्रमले सामाजिक सद्भाव बढाउनुका साथै पर्वको वास्तविक महत्वलाई आत्मसात गर्न सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ ।

सुप्रिया राई
प्रतिक्रिया