धरान । श्रम संस्कृति पार्टी प्रदेश नं. १ को तदर्थ कार्य समिति गठन गरिएको छ, धरान–१० स्थित सैनिक भवनमा सम्पन्न कार्यक्रममा लोकतान्त्रिक पद्धतिबाट विभिन्न पदाधिकारी तथा सदस्यहरू चयन गरिएको हो ।
समितिको अध्यक्षमा प्रताप राई खोटाङ चयन भएका छन् । यस्तै उपाध्यक्षमा प्रतिभा सेर्ख अन्सारी (सुनसरी), दुर्गा पोखरेल (मोरङ), एमके राई (सुनसरी) र राजेश दुलाल (इलाम) निर्वाचित भएका छन् ।
सचिवमा दीपक तिम्सिना झापा चयन हुँदा सह–सचिवमा नवीन राई, इन्द्रा राई (भोजपुर) र मनोज जिमी (संखुवासभा) चयन भएका छन् ।
त्यसैगरी कोषाध्यक्षमा प्रमाण राई (पाँचथर), सह–कोषाध्यक्षमा थोमस कुलुङ (सोलुखुम्बु) र सिता राई (उदयपुर) निर्वाचित भएका छन् ।
प्रवक्तामा अभिनास लिम्बु (तेह्रथुम) तथा सह–प्रवक्तामा अमर लुहार (ताप्लेजुङ) र हेम केलाङ (पाँचथर) चयन भएका छन् ।
कार्यक्रममा १३३ जना प्रदेश सदस्य समेत निर्वाचित भएको जनाइएको छ । नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।
श्रम संस्कृति पार्टीले “प्रकृति, संस्कृति र प्रविधि” लाई मूल नाराका रूपमा अघि बढाउँदै प्रदेशस्तरीय संगठन विस्तारलाई तीव्रता दिएको जनाएको छ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो