फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता
इटहरी । नेपाल विद्यार्थी संघका निवर्तमान सभापति राजीव ढुंगानाले नेविसंघले पार्टीको झण्डा मात्रै नभइ विद्यार्थीका मुद्वा बोक्नुपर्ने जोड
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका निवर्तमान सभापति राजीव ढुंगानाले नेविसंघले पार्टीको झण्डा मात्रै नभइ विद्यार्थीका मुद्वा बोक्नुपर्ने बताएका छन् ।(बुधबार) नेविसंघ सुनसरीले इटहरीमा आयोजना गरेको ‘विद्यार्थी आन्दोलन–स्ववियु निर्वाचन र नेविसंघको भूमिका सम्बन्धि अन्तरक्रिया’ कार्यक्रममा बोल्दै ढुंगानाले नेविसंघले पहिलो प्राथमिकता नै विद्यार्थीका मुद्वा बोक्नुपर्ने बताएका हुन् ।‘ आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनलाई लक्षित गर्दै उनले नेविसंघले मात्रै विद्यार्थीका मुद्वा बोक्ने उदृत गरे । कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका संयोजक तथा जिससका राष्ट्रिय अध्यक्ष राजन मेहताले अहिलेका विद्यार्थीहरू भोलिको नेतृत्व भएको बताए । नेविसंघ सुनसरीका सभापति प्रमोद भट्टराईको सभाध्यक्षमा भएको कार्यक्रममा सुनसरीका विभिन्न ठाउँबाट विद्यार्थीहरूको सहभागिता थियो ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो