राष्ट्रिपतिद्वारा संसद् बैठक आब्ह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठक आह्वान गरेका छन् । सरकारको सिफारिसअनुसार राष्ट्रपति पौडेलले आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
शिक्षक आन्दोलनमा प्याब्सन र
एन–प्याब्सनको ऐक्यबद्धता
प्याब्सन र नेसनल प्याब्सनले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै प्याब्सन र एन–प्याब्सनले शिक्षकहरूको जायज मागहरूमा ऐक्यबद्धता जनाएका हुन् । नयाँ शैक्षिक सत्र प्रारम्भ भइरहेको अवस्थामा आन्दोलनले शिक्षण सिकाइ प्रक्रियामा अवरोध आउनेतर्फ सजग गराउँदै विधेयकलाई यथाशीघ्र पारित गरी शिक्षा ऐन जारी गर्न माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘विद्यालय शिक्षा विधेयक संसदमा छलफलमा रहेको सन्दर्भमा, नेपाल सरकार र सम्बन्धित सरोकारवालाबिच आवश्यक छलफल तथा सहकार्य गरी विधेयकलाई यथाशीघ्र पारित गरी शिक्षा ऐन जारी गर्न हामी जोडदार माग गर्दछौँ ।’ विगतमा सरकार र शिक्षक महासंघबिच भएका सहमतिहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्नसमेत महासंघले सरकारलाई आग्रह गरेको छ ।
विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी
झापाको बिर्तामोडमा विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी थालेको छ । प्रदेशस्तरीय सो प्रदर्शनी नेकपा एमालेको विज्ञान तथा प्रविधि विभाग कोशी प्रदेशको आयोजना हुने भएको हो । बिर्तामोडको देवी माध्यमिक विद्यालयमा आगामी जेठ १, २ र ३ गते तीन दिनसम्म सो प्रदर्शनी हुनेछ भएको हो । कोशी प्रदेशमा रहेका विद्यालयका सबै माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुमा विज्ञान तथा प्रविधि क्षेत्रमा भएको वैज्ञानिक खोज, अनुसन्धान, नवप्रवर्तन, अन्वेषण, आविष्कार, नविनतम प्रविधिको प्रयोगलगायतलाई प्रोत्साहन गर्न एवम् सो ज्ञान तथा सीपलाई आम विद्यार्थीमाझ पुर्याउने उद्देश्यले कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना गर्न लागिएको आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
झाविरुद्ध पक्राउ पुर्जी जारी
मधेस प्रदेशका पूर्वप्रमुख डा. राजेश झा (अहिराज) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जबरजस्ती करणी मुद्दामा पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक प्रहरी अधिकृतले जानकारी दिए । अहिराजमाथि एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप छ । जाहेरवाली २६ परिसर ३२ ०८१–०८२ (परिवर्तित नाम)ले जिल्ला प्रहरी परिसर, काठमाडौंको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवाकेन्द्रमा उजुरी दिएकी थिइन् ।
शेयरबजार ९.७५ अंकले बढ्यो
साताको कारोबारको तेस्रो दिन बुधबार सेयर बजार बढेको छ । आज नेप्से परिसूचक ९ दशमलव ७५ अङ्कले बढेर २६९८ दशमलव ९७ को विन्दुमा पुगेको छ । बुधबार ३१९ कम्पनीका ६४ हजार ३६० पटकको कारोबारमा एक करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब २६ करोड ५१ लाख २२ हजार २४१ रुपैयाँ रहेको छ । १४७ कम्पनीको सेयर मूल्य बढ्दा ९७ कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ ।
गठबन्धन जनतास“ग बाचा ः थापा
कांग्रेसका महामन्त्री गगनकुमार थापाले चौरासीसम्म नै गठबन्धन सरकार जान्छ भनेर बाँचा गरेको हुँदा कांग्रेस सत्ताको खेलमा नभएको जिकिर गरेका छन् । बुधबार बारा क्षेत्र नम्बर ३ को अधिवेशन उद्घाटन गर्दै महामन्त्री थापाले सरकार परिवर्तनको पक्षमा काङ्ग्रेस नरहेको बताएका हुन् । ‘अहिले अर्को विकल्प खोज्ने, कांग्रेस यति गैरजिम्मेवार छैन । हामीले देश र जनतासँग वाचा गरेका छौं ०८४ सम्म यही गठबन्धन जान्छ भनेर । हामी वचनमा इमानदार छौं । हाम्रो कारणका कारण गठबन्धन फेरिएको छैन,’ थापाले भने, ‘सरकार बदल्ने होइन, सरकारको काम गर्ने तरिका बदल्ने कुरा गरेका हौँ ।’ कांग्रेस महामन्त्री द्वयले आफ्नो दल सरकार परिवर्तनमा नभएर सत्ता सञ्चालनको कार्यशैली बदल्ने अभियानमा रहेको बताएका छन् ।
दूव्र्यवहार गर्ने तीन प्रहरी कारवाहीमा
दमक । वैदेशिक रोजगारीबाट बिदामा स्वदेश फर्किएका एक युवकमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुव्र्यवहार गर्ने तीन प्रहरी कारबाहीमा परेका छन् ।
महानगर प्रहरी कारवाहीमा
कवाड सङ्कलकको साइकल खोस्ने काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ । बालुवाटार क्षेत्रमा मंगलबार बिहान कवाडी संकलन गर्न हिँडेका एक मजदुरको साइकल नगर प्रहरीले खोसेको थियो ।
“…महानगर प्रहरी बलले सम्पादन गर्ने कार्य गर्दा अमर्यादित तथा गैह्रव्यवसायिक ढङ्गले सम्पादन गरेको सामाजिक सञ्जालमा आएको देखिएकोले निजहरुलाई उक्त जिम्मेवारीबाट मुक्त गरि महानगर प्रहरी ऐन, २०८० वमोजिम आवश्यक कारवाहीको लागि महानगर प्रहरी बलको कार्यालयमा तानिएको छ ।” महानगर प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सरकारको प्रवृत्ति समर्थन लायक छैन : शर्मा
सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको प्रवृत्ति समर्थनका लागि लायक नभएको टिप्पणी गरेका छन् । सरकारले कार्यशैली बदल्नुपर्ने उनको भनाइ छ । शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, “नगर्नुपर्ने निर्णयमा हतारो, गर्नुपर्ने निर्णयमा विलम्ब, सरकारको यो प्रवृत्ति समर्थनयोग्य छैन । मुख्य दुई दल सम्मिलित सरकारको गति संतोषजनक भएन ।” उनले सरकारको निरन्तरताका लागि कमजोरी केलाउन, लय मिलाउन र गति बढाउन प्रस्ताव गरेका छन् । सरकार चल्नुपर्ने तर कार्यशैली बल्नुपर्ने बताएका छन् । उनले थप लेखे, “कमजोरी केलाउँ, लय मिलाउँ, गति बढाउँ । सरकार अलमल बाहिर, अनुभूतिमा भेटिनुपर्छ । सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ ।”
महिला खोल्सामा मृत फेला
इलाममा घरबाट घाँस दाउराको लागि गएकी महिला खोल्सामा मृत फेला परेकी छन् । मंगलवार दिउँसो २ बजेतिर इलाम सूर्योदय नगरपालिका वडा नं ११ परिवर्तनशील टोल बस्ने टेकबहादुर दर्जीकी श्रीमती ५५ वर्षीया फुलमाया दर्जी घरबाट घाँस दाउराको लागि गएकी थिइन् ।
उनी घरबाट करिव १५० मिटर उत्तरपूर्वमा रहेको खोल्सामा घोप्टो परी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय पशुपतिनगरले अनुसन्धान शुरु गरेको जनाएको छ ।
जबरजस्ती करणी गर्ने धामी पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा मोरङ उर्लावारीका एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उर्लावारी– ८ राजघाट बस्ने ३७ वर्षीय मनोज धामी रहेका छन् । उनले गत चैत २८ गते राति ९ बजे उर्लावारी ४ भिङ्गाबारीस्थित पञ्चमान राईको खाली जमिनमा रहेको परालको कुन्यूमा लगी बिभिन्न प्रलोभन देखाई २२ वर्षीया युवतीलाई जवरजस्ती करणी गरेको पीडितले बताएकी छन् ।
मंगलवार दिउँसो उजुरी परेपछि इलाका प्रहरी कार्यालय उर्लाबारीले धामीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
खगेन्द्र कार्की
४ बैशाख २०८२, बिहिबार ०९:०८ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो