निमावि शिक्षक अध्यापन लाइसेन्सको परिक्षाबाट न्युन शिक्षक पास

खगेन्द्र कार्की

इटहरी । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह निमाविको अध्यापन अनुमतिपत्र लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

गत मंसिर १५ गते सञ्चालन भएको लाइसेन्सको लिखित परीक्षामा सातै प्रदेशबाट एक लाख १९ हजार ६९९ जनाले परीक्षा दिएका थिए । जसमा १० हजार ९७४ जना मात्रै पास भएका छन् । जुन ९।१७ प्रतिशत हुन आउँछ ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार कोशी प्रदेशबाट १८ हजार ६६२ परीक्षार्थीले परीक्षा दिएकोमा दुई हजार ८२ जना उत्तीर्ण भएका छन् । जुन ११.१६ प्रतिशत हुन आउँछ । त्यस्तै मधेस प्रदेशबाट १९ हजार ३० जनाले परीक्षा दिएकोमा एक हजार ४२१ पास भएका छन् । जुन ७.४७ प्रतिशत हुन आउँछ ।

बागमती प्रदेशबाट १४ हजार ३ जनाले परीक्षा दिएकोमा एक हजार ६८३ पास भएका छन् । जुन १२.०२ प्रतिशत हुन आउँछ ।

त्यस्तै गण्डकी प्रदेशबाट आठ हजार २२९ जनाले परीक्षा दिँदा ९२७ जना पास भएका छन् । जुन ११.२७ प्रतिशत हुन आउँछ ।

लुम्बिनी प्रदेशबाट २२ हजार ७९२ जनाले परीक्षा दिएकोमा दुई हजार ३१३ पास भएका छन् । जुन १०.१५ प्रतिशत हुन आउँछ ।

कर्णाली प्रदेशबाट २० हजार ४९८ जनाले परीक्षा दिएकोमा एक हजार ४४९ पास भएका छन् । जुन ७.०७ प्रतिशत हुन आउँछ । त्यस्तै सुदूरपश्चिम प्रदेशबाट १६ हजार ४८५ जनाले परीक्षा दिएकोमा एक हजार ९९ जना पास भएका छन् । जुन ६.६७ प्रतिशत हुन आउँछ ।

खगेन्द्र कार्की
प्रतिक्रिया