यातायात व्यवस्थित गर्न बालंखामा स्थापना भयो आमचोक यातायात प्रा.लि.

खगेन्द्र कार्की

भोजपुर । आमचोकमा यातायात क्षेत्रलाई व्यबस्थित गर्न आमचोक यातायात प्रा.लि. गठन भएको छ । बिहिवार बालंखामा आयोजित साधरणसभाले अव्यवस्थित रुपमा संचालनमा आइरहेका सवारीहरुलाई सुव्यबस्थित तरिकाले संचालन गर्दै यात्रुको सुरक्षा समेतलाई ख्यालमा राखी प्रालिको रुपमा दर्ता गरि यातायात संचालन गर्ने निर्णय गरेको हो ।
भौगोलिक विकटता तथा विविध कारणले पछि परेको आमचोक क्षेत्रमा ६७/ ६८ साल तिर बाटोको ट्रयाक खोलिए पछि यात्रुवाहक सवारी साधन आ-आफ्नो ढंगबाट सञ्चालन हुँदै आएका छन् । आमचोक यातायात प्रालिका अध्यक्ष राजन बिष्ट बिगतमा यातायात व्यावसायिकहरुको ब्यवस्थित संस्था नहुँदा यातायात संचालनमा समस्या भोग्नुपरेको सम्झदै सवारी दूर्घट्ना हुँदा सवारी धनी तथा यात्रुहरु मार्कामा पर्ने गरेको कारण यातायात व्यवसायीहरुको संस्थाको आवश्यकता परेको बताउँछन् । उनले निर्वाध यातायात सञ्चालन गर्न र दूर्घटना तथा सम्भाव्य क्षति भारवहन न्यूनिकरण गरी नागरिकको जीवन सुरक्षा लगायत विमाको व्यवस्था समेत गर्न यातायात व्यवसायीहरुको संस्थालाई प्रालिमा दर्ता गरी यातायात सञ्चालन गर्न लागिएको जानकारी दिए ।
उनले बिगतमा पाँच सदस्यीय संस्थापक सदस्यहरु रहेको संस्थालाई विस्तार गर्दै सेयर सदस्य थप गरी १७ जनाको सेयर सदस्य पुर्याइएको बताए । थपिएका सेयर सदस्यहरुबाट समेत कबोल बमोजिमको सेयर बापतको रकम चुक्ता गराइ संस्था दर्ता गरी प्रथम साधारण सभा सम्पन्न गर्न सफल भएको अध्यक्ष बिष्टले जानकारी दिए।
आमचोक ४ वालंखा बजारमा केन्द्रिय कार्यालय रहेको संस्थाले सधैँभरी सेवामुखी, प्रभाकारी सेवा प्रवाह गर्न केन्दृत हुने प्रालिका सचिव दिनेश राई बताउँछन् ।
बिहीबार सम्पन्न प्रथम साधारण सभामा आमचोक गाउँपालिका अध्यक्ष अशोक राई, ४ नम्बर वडा अध्यक्ष नेत्र वहादुर खत्री, खोटाङ्ग जन्तेढुङ्गा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष मस्तहाङ्ग राई, आमचोक गाउँपालिकाका कर्मचारी, समाजसेवी, बुद्धिजिवी, सवारीसाधन सञ्चालक लगायत सरोकारवाला लगायत स्थानीयहरुको उपस्तिथि रहेको थियो ।

खगेन्द्र कार्की
प्रतिक्रिया