युवा जागरण संवाददाता
इटहरी । साउदी अरबमा आयोजित वाफ महिला च्याम्पियनसीपमामा नेपाली महिला राष्ट्रिय टोलीले उत्कृष्ट प्रदर्शन गरेर विश्वमै वाहवाही मात्र कमाएन अब हुने ठूला ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताबाट नेपाली महिला फुटबललाई विश्वमाझ पु¥याउन सशक्त टिम भएको प्रमाणित समेत गराएको छ । फागुन महिनाको दोस्रो साता उक्त प्रतियोगिताको उपविजेता बनेपनि त्यहाँ भएका सबै प्रतिष्पर्धामा नेपाली महिला खेलाडीले देखाएको खेल कौशलले प्रशंसा मात्र बटुलेन सबैको ध्यान खिच्न बाध्य बनायो । उक्त नेपाली राष्ट्रिय महिला फुटबल टिमभित्रकै एक थिईन सुनसरीको इटहरी उपमहानगरपालिकाकी रेखा पौडेल । पौडेलको खेल कौशल र इटहरीसहित देशलाई महिला फुटबलको माध्यमबाट विश्वमाझ पु¥याएको योगदानको उच्च कदरका साथ इटहरीमा इटहरी उपमहानगरपालिका, राष्ट्रिय जागृति क्लब, राजनीतिक भातृ संगठन नेपाल तरुण दल र व्यक्तिगत रुपमा धेरै जनाले सम्मान गरेका छन् । इटहरी उपमहानगरपालिकाले १४ औं इटहरी गोल्डकपको उद्घाटनका अवसरमा नगरप्रमुख हेमकर्ण पौडेलले सम्मान गरेका हुन् ।
इटहरी निवासी नवप्रतिभावान, उदीयमान खेलाडी भएको कारणले उनलाई सम्मान गरिएको इटहरीबाट साउदी अरबलाई कर्मथलो बनाएका सामाजिक अभियन्ता तथा मोरङसुनसरी सेवा समाजका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार तथा गैरआवासीय नेपाली संघ साउदीअरबका उपाध्यक्ष समेत रहेका हेम सुवेदीले बताए ।
सुवेदी साउदी अरबबाटै परिवारलाई रकम पठाएर परिवारबाट हस्तान्तरण भएको बताएका छन् । इटहरीकै चेली राष्ट्रिय टोलीमा पर्न सफल मात्र नभई साउदी अरबमा आयोजित वाफ महिला फुटबल च्याम्पियनसिपमा नेपाललाई उपविजेता बनाउँदै नेपाली महिला फुटबललाई विश्वमाझ पु¥याउन गरेको योगदानको उच्च मूल्याङकन गर्दै सुवेदी परिवाारले निवासमै सम्मान गरिएको होम सुवेदीले बताएका छन् । महिला खेलाडी पौडेललाई १५ हजार राशी नगदसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।
नेपाली महिला फुटबल पुरुष फुटबलको तुलनामा पुरै उपेक्षित छ । पुरुषहरुको प्राथमिकतामा पर्ने फुटबल महिलाले पनि नेपाली फुटबललाई विश्वमाझ पु¥याउन सक्ने ल्याकत राख्छन भन्नेमा विश्वास कर्म भएको बेला साउदी अरबमा आयोजित वाफ च्यम्पियनसिपमा नेपाली महिला राष्ट्रिय टोली उपविजेता बनेर वाहवाहीका साथ घर फर्कियो । त्रिभुवन एयरपोर्टमा उनीहरुको भव्य स्वागतले अबका दिनमा नेपाली महिला फुटबलले पनि आशाको किरण जगाएको र विश्वास र भरोसा कमाएको देखिन्थ्यो । पश्चिमी एसियाली गल्फ राष्ट्रहरूले खेल्ने वाफ फुटबल च्याम्पियनसिपमा नेपाल आमन्त्रित टिमका रूपमा सहभागी भए पनि विश्वलाई नेपाली महिला फुटबल कलाले हल्लाएर फर्किनु चानचुने कुरा थिएन ।
यद्यपि नेपाली महिला फुटबल उपविजेता बनेको यो पहिलो पटक भने होइन । फाइनलमा पराजित भएको यो ११ औं पटक हो । यस कारणले पनि नेपाली महिला फुटबलले अन्तर्राष्ट्रिय जगतमा उपाधिको दावेदारका रूपमा लिने गरिन्छ ।
विगतमा दक्षिण एसियामै रुमलिइरहेको नेपाली महिला फुटबल अब यस क्षेत्रबाट माथि उठिसकेको छ । ३ दशक बढीको इतिहास बोकेको नेपाली महिला फुटबल खेलाडी वाफ च्याम्पियनसीमा उपविजेता बनेर पनि जितको शान लिएर फर्किएको छ । त्यही नेपाली राष्ट्रिय टोली मध्येकी एक खेलाडी हुन सुनसरीकी पौडेललाई सम्मान गरिएको हो ।
केही वर्षयता नेपाली फुटबल समर्थकलाई राष्ट्रिय महिला फुटबलले बिस्तारै आकर्षित गर्न थालेको छ । महिला टिमले अन्तर्राष्ट्रिय फुटबलमा लगातार उपलब्धिसहित समर्थकलाई महिला फुटबलसँग जुड्न बाध्य बनाउँदै छ ।
साउदी अरबमा सम्पन्न वाफ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता बनेर स्वदेश फर्किदा गरिएको स्वागत भव्य थियो । स्वागतमा घरेलु फुटबलका ठुलाठुला हस्ती र बाक्लो सङ्ख्यामा समर्थक विमानस्थल पुगे । विगतमा नेपाली महिला फुटबल टिम स्वदेश फर्कंदा यस्तो स्वागत हुँदैनथ्यो । नेपाली महिला फुटबल टिम यसको हकदार पनि छ । वाफ महिला फुटबल च्याम्पियनसिपमै नेपालको महिला राष्ट्रिय टिमले ठुलै चर्चा पाएको थियो । अहिलेसम्मको उच्च स्तरको उत्कृष्ट फुटबल खेलेपछि नेपाली महिला फुटबलरको नेपालमा मात्र होइन, खाडी मुलुकमा पनि निकै वाहवाही भएको थियो । फाइनलमा उपाधिको सँघारमा रहेर पनि जोर्डनसँग टाइब्रेकरमा रोकिएपछि नेपालले ट्रफी उचाल्न भने सकेन तर यस टिमले नेपाल महिला फुटबलको भविष्यलाई लिएर ठुलो भरोसा दिलाएको छ ।
प्रतियोगितामा नेपाल पाँच पटकको विजेता तथा फिफा वरीयतामा नेपालभन्दा धेरै अगाडि रहेको जोर्डनसँग मात्र हारेको थियो, त्यो पनि फाइनलमा । उपाधि भिडन्तसम्मको यात्रामा नेपालले सिरियालाई ४–१, इराकलाई ५–०, प्यालेस्टाइनलाई ४–० र सेमिफाइनलमा लेवनानलाई २–१ ले पराजित ग¥यो । यी सबै खेलमा नेपालले सहज जित हात पा¥यो । फाइनलमा पनि जितको सँघारमा नेपाल थियो ।
सम्मानपछि सामाजिक सञ्जालमा खेलाडी पौडेलले यो सम्मानको लागि मेरो स्थानीय सरकार इटहरी उपमहानगरपालिका, राष्ट्रिय जागृति क्लब, सुमन भट्टराई, हेम सुवेदी, सुजित तामाङ र सुबिन कार्की ज्युप्रति हार्दिक आभार व्यक्त गर्दछु । यहाँहरुले गर्नु भएको सम्मान र मायाको लागि कृतज्ञ रहेको बताएकी छन् ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो