दमक — राजनीतिक दलका नेताहरूको संरक्षण र प्रभावमा सञ्चालनमा आएका कतिपय संस्था आर्थिक अनियमितता र कमजोर व्यवस्थापनका कारण धरासायी बन्दै गएको अर्को उदाहरण झापाको दमकमा देखिएको छ। नेकपा (एमाले) निकट नेताहरूले सञ्चालन गर्दै आएको दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी प्रालिले दूध बिक्री गरेका किसानको लाखौं रुपैयाँ भुक्तानी नगरी कार्यालय बन्द गरेपछि किसानले तालाबन्दी गरेका छन्। डेरीका सञ्चालक सम्पर्कविहीन भएपछि किसानले उनीहरूमाथि आर्थिक अपचलन, सरकारी अनुदान दुरुपयोग, बचत रकम हिनामिना तथा संस्थाको सम्पत्ति बिक्री गरी रकम व्यक्तिगत खातामा जम्मा गरेको आरोप लगाएका छन्।
दूध संकलनसँगै बचतसमेत संकलन गर्दै आएको उक्त डेरीले किसानबाट जम्मा भएको रकम फिर्ता नगरेको र पाँच महिनादेखिको दूधको भुक्तानीसमेत रोकेको किसानहरूको गुनासो छ। किसानका अनुसार डेरीले सरकारबाट पशुपालकका लागि आएको करिब २५ लाख रुपैयाँ अनुदानसमेत सम्बन्धित किसानलाई वितरण नगरी अन्यत्र खर्च गरेको छ। डेरीका नाममा रहेका सवारीसाधन बिक्री गरिएको, संस्थाको रकम सञ्चालकहरूको व्यक्तिगत बैंक खातामा सारिएको तथा कार्यालय भवन विस्तारका नाममा बचतकर्ताबाट उठाइएको १० लाख रुपैयाँभन्दा बढी रकमसमेत हिनामिना भएको आरोप किसानले लगाएका छन्।
सञ्चालक फरार भएपछि पीडित किसानहरूले इलाका प्रशासन कार्यालय दमकलाई पूर्वसूचना दिएर डेरी परिसरमा शान्तिपूर्ण धर्ना तथा तालाबन्दी गरेका छन्। प्रशासनले पनि इलाका प्रहरी कार्यालय दमकलाई शान्ति सुरक्षा व्यवस्थापनका लागि पत्राचार गरेको छ। आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण हुने र आफ्नो पसिनाको कमाइ फिर्ता पाउनु नै एकमात्र उद्देश्य रहेको किसानहरूको भनाइ छ।
किसानहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय, इटहरीमा समेत उजुरी दर्ता गरेका छन्। उजुरीमा डेरीका वर्तमान अध्यक्ष हिमालय दाहाल, पूर्वअध्यक्ष गेहनाथ पोखरेल, पुष्प ढकाल, शान्तिराम भट्टराईलगायत जिम्मेवार व्यक्तिमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गरिएको छ। संस्थाको बैंक खाता तथा सम्बन्धित व्यक्तिका व्यक्तिगत बैंक खातासमेत रोक्का गरी किसानको रकम फिर्ता गराउन उनीहरूको माग छ।
उजुरीमा शान्तिराम भट्टराई, राजकुमार अधिकारी र कुलचन्द्र गौतमको व्यक्तिगत खातामा संस्थाको मौज्दात रकम रकमान्तर गरिएको आरोपसमेत उल्लेख छ। किसानहरूले यसलाई योजनाबद्ध आर्थिक अपचलन र किसान ठगीको घटना भएको बताएका छन्।
स्थानीय किसान राजकुमार खड्गाका अनुसार डेरीले लामो समयदेखि दूध संकलन गर्दै आएको थियो। प्रत्येक महिनाको दूधको भुक्तानी अर्को महिनाको १० गतेभित्र गर्ने व्यवस्था भए पनि पछिल्ला पाँच महिनादेखि रकम नदिएको उनले बताए। सुरुमा बैंकिङ समस्या देखाउँदै आश्वासन दिइए पनि पछि कार्यालय नै बन्द गरेर सञ्चालक सम्पर्कविहीन भएपछि आफूहरू ठगिएको उनको भनाइ छ।
पीडित किसानका अनुसार हाल करिब ६० जना किसानको २२ लाख ६५ हजार २०० रुपैयाँ भुक्तानी हुन बाँकी छ। समग्रमा करिब २०० घरधुरी किसान प्रभावित भएको र उनीहरूको लाखौं रुपैयाँ जोखिममा परेको दाबी गरिएको छ। रकम नपाउँदा गाईभैंसीका लागि दाना खरिद, घरखर्च, बालबालिकाको शिक्षा तथा ऋणको किस्ता तिर्न समस्या भएको किसानहरूले बताएका छन्।
उजुरीमा उल्लेख भएअनुसार बुद्धिबहादुर विश्वकर्माले तीन लाख रुपैयाँभन्दा बढी, श्रीप्रसाद गुरागाईंले दुई लाख ३० हजार, रामप्रसाद अधिकारीले ९५ हजार, इन्दिरा घिमिरे र रणबहादुर मगरले ७०/७० हजार रुपैयाँ पाउन बाँकी छ। अन्य धेरै किसानको पनि ३० हजारदेखि एक लाख रुपैयाँभन्दा बढी रकम रोकिएको छ।
पीडित देवीमाया गुरागाईंले आफूले करिब एक लाख ७० हजार रुपैयाँ पाउन बाँकी रहेको बताइन्। "मेरो छोरा र श्रीमानको छ महिनाको फरकमा निधन हुँदा पनि मैले पाउनुपर्ने रकम दिएनन्। पटक–पटक मागेँ। पैसा त परै जाओस्, संस्थाको तर्फबाट समवेदना व्यक्त गर्नसमेत कोही आएन," उनले भनिन्।
यता डेरीका वर्तमान अध्यक्ष हिमालय दाहालले किसानको रकम तिर्न बाँकी रहेको स्वीकार गरेका छन्। अघिल्लो कार्यकालदेखि नै संस्थाको आर्थिक अवस्था बिग्रँदै गएको र त्यसलाई सुधार्ने प्रयास गर्दा समय गुज्रिएको उनले बताए। संस्थाको जायजेथा बिक्री गरेर भए पनि किसानको भुक्तानी गर्ने प्रयास भइरहेको उनको दाबी छ।

२७ असार २०८३, शनिवार ०८:०१ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो