आजको पाठकको पुर्पुरो : वि.सं. २०८० ज्येष्ठ २ गते (तद्अनुसार सन् २०२३ मे १६ तारिख) मंगलबार ज्येष्ठ कृष्ण पक्षको द्वादशी तिथि

खगेन्द्र कार्की

मेष – प्रेमको बन्धन कसिने समय छ । आर्थिक लाभको अवसर पनि मिल्ने देखिन्छ । कुनै काम रोकिएको छ भने आजको दिन फेरि प्रयत्न गरे सफलता मिल्ने योग छ । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । नयाँ सम्भावना देखापर्ने छ । मान, सुख बढ्नेछ ।

वृष – पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिने समय छ । दीगो आम्दानी हुने काम सुरु गर्नु शुभदायी होला । आजको दिन मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनु हितकर होला । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । बढी मिहीनेतले काम बन्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने दिन छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ । आम्दानी भए पनि खर्चको योग छ । बलजफ्ती गर्दा बन्न लागेको काम पनि बिग्रन सक्छ, सावधान रहनुहोला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ ।

कर्कट – समय त्यति शुभदायी नरहेकोले आजको दिन सावधानीपूर्वक काम गर्नुहोला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ भने आश्वासन दिनेले झुक्याउन सक्छ । अरूको विश्वास गर्दा धोका पाइएला । व्यापारमा पनि खासै उपलब्धि नहोला । इर्ष्या गर्नेहरूले काममा अवरोध पैदा गर्न सक्ने योग भएकोले योजना गोप्य राखेर अघि बढ्नुहोला । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिने दिन छ । हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ । बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । रसरागको भाव वृद्धि हुनेछ । यात्रामा सफलता प्राप्त होला ।

कन्या – मेहनतले धेरै काम बनाउन सकिने दिन छ । बोलीको प्रभावले फाइदा उठाउन सकिनेछ भने शत्रु र प्रतिस्पर्धी सजिलै परास्त होलान् । अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । प्रेमभावका साथै आरोग्यता वृद्धि हुनेछ । कर्मबल बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्ने योग छ ।

तुला – आजको दिन विशेष सावधानीका साथ कार्य-व्यवहार गर्नुपर्नेछ । प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन् । आफ्ना योजनाको गोपनीयतामा ध्यान दिनुहोला । नातेदारसँग असमझदारी पैदा हुन सक्छ । सवारीसाधन चलाउँदा आज विशेष सावधानी अपनाउनु हितकर हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो रहने योग छ ।

वृश्चिक – लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ, तर इर्ष्या गर्नेहरूबाट आजको दिन सावधान रहनुहोला । आफ्ना विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । नियमित कार्यमा केही व्यवधान पैदा हुन सक्छ । योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला । शत्रुमाथि विजय प्राप्त होला ।

धनु – आजको दिन आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ, तर विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुने समय छ । पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने योग छ । व्यस्तता वृद्धि हुनेछ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द मिल्ने समय छ । काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । पराक्रम बढ्नेछ । रसराग तथा प्रेम सम्बन्धमा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त होला ।

कुम्भ – विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने समय भए पनि आफ्नो स्वास्थ्यप्रति विशेष सावधानी अपनाउनु हितकर होला । नसोचेको ठाउँबाट धनमाल आर्जन हुने देखिन्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्ने योग छ । केही खर्च भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त होला । नयाँ सम्भावना देखा पर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि हुनेछ ।

मीन – आजको दिन आलोचकहरू बढ्नेछन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्ने योग छ । तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ । रसरागमा आकर्षण बढ्नेछ भने आरोग्यता रहने छ । समस्याको समाधान प्राप्त होला ।


खगेन्द्र कार्की
प्रतिक्रिया