आउछु भनी झुक्याई सक्यौ ,भयो अब नआउ
दुइ शब्द बोल्न गा¥हो मान्नेले,मायाको कमस नखाउ ।।
बिपनी त के सपनीमा पनि चाहिएन,ईच्छा थियो प्यारको मागेर पाईएन ।।
संझना तिम्रो आए विर्सने कोसिस गर्छु ,यो जुनिमा नपाए अर्को जुनी सम्म कुरी बस्छु ।।
जिन्दगीको पर्खाईमा बिचमै छाडी दीयौ,दुई नदि को किनार ( दोभान ) झै अलपत्र पारी दियौ ।।
नारी जाती किन यस्तो निष्ठुरी,सानै कुरामा मोडि दिने
बर्षौ देखी लाएको माया, पलभरमै ताेडि दिने ।।
फकाई फुलाई जति गर,केहि दिनको महेमान
आफ्नो इच्छा विपरीत ठाने,गर्दिनन केहि घरको काम ।।
वरपर जति संझाए पनी ,छुट्दैन आँखामा बलिन्द्र धारा
हास्नु भन्दा रुनैमा बल,सकिदैन सम्झाएर,चाहिदैन केही आधार ।।
सुप्रिया राई
४ भदौ २०८१, मङ्गलबार १०:४१ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो