फाष्ट मिडिया नेपाल न्युज डेक्स
इटहरी । कोशी प्रदेश सरकार अल्पमतमा परेको छ । हिक्मत कुमार कार्कीको नेतृत्वमा बनेको सरकारबाट जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र बाहिरिएपछि कार्की अल्पमतमा परेका हुन् । पाँचै महिनामा प्रदेशको मुख्यमन्त्री पद हलचल भएको छ । राजनीति राजनीतिका लागि हुनुपर्दछ नकि अस्थिरता निम्त्याउने । राजनीतिक हिसाबकिताब गर्ने र दिर्घकालिन सोचले खुट्टा उचाल्नु पर्दछ । तर यहाँ आवेग र इष्र्याको भरमा खट्टा उचाल्ने र जनताको दैनिकीमा असर पु¥याउने काम कोशी प्रदेशका दल र तिनका सांसदले गरिरहेका छन् । राजनीतिक अंकगणितका हिसाबले पनि यतिखेर माओवादीले सरकारबाट खुट्टा झिक्नु किमार्थ हुँदैनथ्यो । धेरै सिटेलाई तालिम पिट्ने बनाएर थोरै सिट जित्नेलाई राजनीतिक मियो बनाउनु ठूला दलको हकर्मण्ता नै ठहर्छ । नत्र ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । एमाले (४०) र राप्रपा (६) सँग ४६ मत छ । नेपाली कांग्रेस (२९), माओवादी केन्द्र (सभामुख बाहेक १२), नेकपा एकिकृत समाजवादी(४) जसपा (१) को गठबन्धनमा पनि ४६ सांसद छन् ।
दुवैपक्षसँग सहज बहुमत जुटाउन कठिन हुँदा अब बन्ने नयाँ सरकारलाई बुहमत जुटाएर सरकार निर्माण गर्न त्यति सहज भने छैन । प्रदेशसभामा ६ सिट रहेको राप्रपा सामेल भए कांग्रेस–माओवादी–एकीकृत समाजवादी र जनता समाजवादीसहितको गठबन्धनले सहज रुपमा सरकार गठन गर्न सक्छ । तर, अहिले नै राप्रपा ‘कन्भिन्स’ हुने छाँटकाँट देखिदैन । यदि राप्रपाले अब बन्ने सरकारलाई समर्थन जनाए गठबन्धनको पक्षमा प्रदेशसभामा ५२ सिट पुग्छ । राप्रपा आउँदै नआए सरकार गठनको प्रक्रिया रुमलिने देखिन्छ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो