नेप्से परिसूचक १९।५६ अंकले बढ्यो

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी ।  धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८.०३ विन्दुमा बन्द भएको छ ।

आज नौ अर्ब ४७ करोड तीन लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । बिहीबारको तुलनामा कारोबार रकम साढे एक अर्बले बढेको छ । बिहीबार सात अर्ब ९२ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

१७६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ६३ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्नपीको सेयर मूल्य स्थिर छ । यसदिन चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । १० प्रतिशतले सेयर मूल्य वृद्धि हुनेमा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स र जानकी फाइनान्स छन् ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये निर्जीवन बिमा समूह र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक वृद्धि भएको छ । यो समूहको परिसूचक ४।९४ प्रतिशतले वृद्धि भएको हो । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया