फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स
इटहरी । बालयौन दुर्व्यवहार आरोपमा कृषि विज्ञको रूपमा चिनिएका मदन राई पक्राउ परेका छन् । यौन दुर्व्यवहार कसुरमा खोटाङको शुभम फाउन्डेसनका सन्चालक राई पक्राउ परेका हुन् ।
फाउन्डेसनका आवासीय छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानका लागि राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रनाउ मन्जिल मुकारुङले बतए ।
एकजना पीडित पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ । वैकल्पिक शिक्षाको नारासहित दिक्तेल रुपाकोत मझुवागधी नगर्पालिका (२ सोल्मामा रहेको फाउन्डेसनमा डेढ सय विद्यार्थी बसिरहेका छन् । आरोपित डा. मदान राई यौन सम्बन्धी खुलेर शिक्षा दिने गुरु भएको बताउँछन् । उनले आमा भनेको धर्ति हो । यो धर्तिमाताले उत्पादन गर्नेसन्तान भनेको असल हुनुपर्दछ । सन्तान उत्पादन यसरी हुन्छ भनेर यौनांगको विषयमा जानकारी दिने शिक्षक भएको बताएका छन् । उनलाई जसले आरोप लगाएको उनलाई उनी छोरी भन्छन् । यदि बलात्कार गर्न चाहेको भए म दरिलो थिए सक्थे तर म गुरु हुँ । मैले शिक्षा मात्र दिने हो र असल आमा बनाउने हो भन्ने उनको प्रतिक्रिया केही अनलाईमा उनले अन्तर्वार्ताका क्रममा बताएका छन् ।
फाउन्डेसनमा अध्ययनरत बालिका तथा किशोरीहरूमाथि संरक्षक राईबाटै यौन दुर्व्यवहार भएको खबर पछिल्ला दिन विभिन्न सञ्चारमाध्यममा आइरहेका छन् । सञ्चारमाध्यममा समाचार आएपछि बालिका तथा किशोरीहरूले लगाएको आरोप ४० प्रतिशत सत्य रहेको संरक्षक राईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् ।
बालिका तथा किशोरीहरूमाथि यौन शोषण भएको खबर विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकार्षण भएको जनाएको छ । सिजपले पीडित बालिका तथा किशोरीमाथि यौन दुव्र्यवहार गर्ने संरक्षक राईलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।
नेपालको संविधानको धारा, ३९ को उपधार (६)मा कुनै पनि बालबालिकालाई कुनै पनि माध्यम वा प्रकारले मानसिक, शारीरिक तथा यौन शोषण गर्न निषेध गरेको छ । बालबालिकामाथि कुनै पनि शोषण भएको ठहरेमा बालबालिकासम्बन्धी ऐन, २०७५ बमोजिम तीन वर्षसम्म कैद र रु ७५ हजारसम्म जरिवाना तोकिएको छ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो