फाष्ट मिडिया नेपाल न्युज डेक्स
इटहरी । जुन १४ अर्थात आज विश्व रक्तदाता दिवस । हरेक दिन कहिँ न कहिँ रक्तदान हुने गरेको छ । बिरामीलाई रगत प्राप्त गर्न जति कठिन छ त्यति नै कठिन रक्तदाताको खाजि गर्न लाग्ने गर्दछ । सबै रक्तदाताको रगत सजिलै सुरक्षित हुँदैन । अधिकांश रक्तदान गर्न डराउने प्रवृत्ति पनि छ । रक्तदानसँगै डाक्टरहरु पनि राखिएको हुन्छ उनीहरुले रक्तदातालाई रगत सहि छ या छैन भनेर केही मापदण्डका आधारमा सोधपुछ गरेर निर्धारण गर्ने गर्दछन् भने कतिपय रक्तदाता रगत दिँदा दिँदै डराएर बेहोस् पनि हुने गरेको छन् । यि र यस्तै पृष्ठभूमिको चिरफार गर्दै रगत र रक्तदानका विषयमा सचेतना जगाउँदै स्वच्छ, सफा र सुरक्षित रक्तदान गर्न अभिप्रेरित गर्न लाग्नुपर्ने दिनका रुपमा आज विश्वभर विश्व रक्तदाता दिवस मनाउने गरिन्छ ।
सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइरहेको आजको दिन रक्तदान–जीवनदान–जीवनदान–महादानलाई सार्थक तुल्याउन लागि पर्ने दिनका रुपमा लिने गरिन्छ ।
रक्तदातालाई धन्यावाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ । यस वर्ष ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ ।
नाराले जीवनपर्यन्त रगत आवश्यक पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गरेर सहयोग गर्न हरेक व्यक्तिले खेल्ने भूमिकाको महत्वलाई दर्शाएको छ । यसले नियमितरूपमा रगत र प्लाज्माको दानमार्फत दिगो र सुरक्षित आपूर्तिको महत्वबारेसमेत चर्चा गरेको छ ।
यही अवसरमा देशभरका विभिन्न सङ्घसंस्था र अस्पतालले रक्तदानसम्बन्धी जनचेतना फैलाउने, दातालाई प्रोत्साहन गर्ने र रक्तदानको कार्यक्रम आयोजना गरेको छ । यस दिवसका अवसरमा ब्लड डोनर्स एशोसिएसन नेपालले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।
एशोसिएसनले साताव्यापी चेतनामूलक कार्यक्रमको आयोजना गरिरहेको एशोसिएसनका महासचिव केशव महर्जनले जानकारी दिए ।
यस दिनलाई मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा कार्ल ल्याण्डस्टाइनरको जन्मदिन जुन १४ को अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाइन्छ ।
पहिलो विश्व रक्तदाता दिवस सन् २००४ मा मनाइएको थियो भने सन् २००५ मा ५८ औँ विश्व स्वास्थ्यसभाद्वारा वार्षिक विश्वव्यापी कार्यक्रमको रूपमा नामकरण गरिएको थियो ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो