बिर्तामोड । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा अर्जुन राजवंशी निर्वाचित भएका छन् । सो कार्यक्रमबाट महासंघमा स्थापित गरिएका विभिन्न पुरस्कारबाट पत्रकारलाई पुरस्कृत तथा सम्मानित गरिएको छ ।
शनिवार बिर्तामोडमा भएको फोनिजको सातौ जिल्ला अधिवेशनले युवा पत्रकार राजवंशीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । १३ सदस्यीय निर्वाचित जिल्ला समितिको उपाध्यक्षमा तिलक योञ्जन, सचिवमा सन्तोष बेघा, सहसचिवमा भारती राई र कोषाध्यक्षमा नरेश गुरुङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुरेश आले मगर, रविकिरण बान्तवा, विष्णुकुल श्रेष्ठ, सुजन राई, सौरभ मुखिया‘ए’, मिना नेम्बाङ, सुमन बेघा र डिके शेर्मा रहेका छन् ।
त्यस्तै अधिवेशनबाट ८ जनालाई संघीय महाधिवेशन प्रतिनिधि चयन भएका छन् । महाधिबेशन प्रतिनिधिमा दीपिन राई , गणेशमान मुखिया , भूमिका फियाक , विशाल नेम्बाङ, इन्द्रसिंह राजवंशी , आनन्द गुरुङ , दिलकुमार लावती र सुशन राई चयन भएका हुन् । निर्वाचन सम्पन्न गर्न पत्रकार विष्णु सुब्बाको संयोजकत्वमा तारामणी सापकोटा र अनिलदेव राई सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचित समिति र केन्द्रीय प्रतिनिधिहरुको नामावली संयोजक सुब्बाले घोषणा गरे ।
फोनिजका संघीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष भूमिका फियाकको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल , पत्रकार महासंघका प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी , महासंघका जिल्ला अध्यक्ष एकराज गिरी,नेपाल प्रेस युनियन झापाका जिल्ला अध्यक्ष एकराज गिरी,प्रेस चौतारीका जिल्ला अध्यक्ष प्रदिप परियारलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
डिकमान विरही पत्रकारिताबाट सुव्वा पुरस्कृत
स्व. डिकमान विरही सुनुवार स्मृति पत्रकारिता पुरस्कारबाट विष्णु सुब्बालाईं पुरस्कृत गरिएको छ । सो पुरस्कारको राशि २५ हजार नगद रहेको छ । त्यस्तै ५ हजार राशी भएको उदीयमान पत्रकारिता पुरस्कार रविकिरण बान्तवा राई र सुजन राईलाई प्रदान गरिएको छ । स्व. विरहीको स्मृतिमा फोनिजले २०६६ सालदेखि अक्षयकोष स्थापना गरि अधिबेशनका क्रममा तीन जनालाई पुरस्कृत गरिआएको छ । सुब्बा दमकमा अढाई दशकदेखि पत्रकारितामा क्रियाशीलछन् ।
सो अवसरमा फोनिजले आफनो रजत वर्ष स्मारिका विमोचन गरेको थियो । अधिबेशनको बन्दसत्रमा फोनिज झापाको सांगाठानिक,आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो