इटहरी/ इटहरीको मार्टिना मेकअप स्टुडियो एण्ड ट्रेनिङ सेन्टरको भदौ २८ गते रिओपनिङ गरिएको छ । इटहरी उपमहानगरपालिकाकी उपमेयर संगीता चौधरीले रिबन काटेर स्टुडियोको रि-ओपनिङ गरेकी हुन् । विगत ६ वर्षदेखि सफलतापूर्वक संचालनमा रहेको यो स्टुडियो अब थप सेवा र सुविधासहित रि-ओपनिङ गरिएको हो । पहिले मार्टिना मेकअप स्टुडियोमा मेकअप र ब्युटिसियन तालिमको सेवा मात्र प्रदान गरिन्थ्यो । तर, अब यसको दायरा अझै व्यापक बनाउँदै मेकअपका प्रोडक्टहरू बिक्री गर्न सुरु गरिएको छ ।
यसका साथै विशेषगरी पुरुषहरुका लागि समेत सौन्दर्य सेवा थपिएको छ । यो नयाँ सेवा विस्तारसँगै स्टुडियोले विभिन्न उमेर र वर्गका ग्राहकहरूलाई लक्षित गर्ने योजना बनाएको छ । स्टुडियोका संचालिका उर्बि श्रेष्ठले यस व्यवसायलाई अझ विस्तारित र दिगो बनाउदै ग्राहकहरूको माग पुरा गर्न महत्वपूर्ण योगदान दिने बताएकी छिन् ।
उनका अनुसार विगत ६ वर्षको यात्रामा स्टुडियोले हजारौं विद्यार्थीलाई मेकअप र ब्युटिसियन तालिम दिँदै उनीहरूलाई आत्मनिर्भर बनाएको छ । उनीहरूले सिकेको सीपलाई आफ्नै ठाउँमा मेकअप स्टुडियो खोलेर अथवा विभिन्न सौन्दर्य सेवा व्यवसायहरूमा उपयोग गर्दै आएका छन् । यता मार्टिना मेकअप स्टुडियोको वार्षिकोत्सव भदौ २९ गते मनाइँदैछ । यो अवसरलाई विशेष बनाउनका लागि बृहत कार्यक्रमको आयोजना गरिने तयारी भएको छ ।
वार्षिकोत्सव कार्यक्रममा स्थानीय नेतादेखि व्यवसायी, पूर्व विद्यार्थी, र इटहरीका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहने बताईएको छ । कार्यक्रममा स्टुडियोका पुराना विद्यार्थीहरूले आफ्नो अनुभव सुनाउने र स्टुडियोको विकासमा योगदान पुर्याउने विषयमा चर्चा गरिनेछ । वार्षिकोत्सब कार्यक्रमको प्रमुख अतिथिको रुपमा कोशी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठ रहने बताइएको छ । यो स्टुडियो आगामी दिनमा अझै धेरै व्यक्तिलाई सीप विकास र स्वरोजगारको अवसर प्रदान गर्ने योजनाका साथ अगाडि बढिरहेको छ ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो