इटहरी । झापाको कचनकवल गाउँपालिका–१ घेराबारीस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयवासीले अवरोध गरेका छन् ।
गए रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गरिएको कचनकवल–१ का वडाध्यक्ष रञ्जित लिम्बूले जानकारी दिए । “दशगजामा भारतीय नागरिकले बाटो खनेको थाहा पाएपछि हामीले रोकेका उनले बताए । लिम्बुले भने– मान्छे नभएको बेला राति–राति बाटो खन्ने गरिएको रहेछ । उनले यसअघि पनि पटक–पटक बाटो खन्न खोज्दा अवरोध गरिएको स्मरण समेत गराए ।
हाल उक्त स्थानमा करिब १५० मिटर बाटो खनिसकिएको तर उक्त खनिएको बाटो पुर्ने प्रयास गरेको तर नदिइएको पनि वडाअध्यक्ष लिम्बुले बताए । कचनकवल–१ को वडा कार्यालयदेखि करिब चार सय मिटर बाटो दशगजामा खनिएको उनले जानकारी गराए । ।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले दशगजा नजिकै सडक खनिएपछि दुवै पक्षबीच विवाद भएको बताए । विवाद बढेपछि काम बन्द गरेर छलफल भइरहेको प्रजिअ बास्तोलाले बताए ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो