फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स
इटहरी । नेता उत्पादनको उर्वराभूमि मानिएको स्वतन्त्र विद्यार्थी युनियनको १४ वर्षपछिको निर्वाचनमा इटहरीको जनता बहुमुखी क्याम्पसबाट नेपाल विद्यार्थी संघका सहदेव काफ्लेले सभापतिमा जित निकालेका छन् ।
सुनसरीको सबैभन्दा बढी विद्यार्थी भएको उक्त क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका इकाई सभापति समेत रहेका काफ्लेले जित हासिल गरेका हुन् ।
आइतबार भएको निर्वाचनमा कूल ५,७७८ मतदातामध्ये २,२२४ मत खसेको थियो । सोमबार दिउँसोबाट सुरु भएको मतगणनाको अन्तिम मतपरिणाम मंगलबार बिहान ३ बजेतिर आएको छ । अन्तिम मत परिणामअनुसार काफ्लेले एक हजार २९८ मत प्राप्त गर्दै विजयी भए । काफ्लेलाई समाजवादी विद्यार्थी युनियनको साथ थियो ।
उनका निकटतम प्रतिद्धन्दी अनेरास्ववियुका उज्वल सिग्देलले ६८२ मत प्राप्त गरे । यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका दानबीर थापा (सम्राट) ले २८५ मत प्राप्त गरेका छन् ।
यसैगरी काफ्लेको टिमको सचिवमा अर्जुन राई, कोषाध्यक्षमा हेमराज खड्का र सदस्यहरुमा केवल लुइटेल, मार्सल बस्नेत, सुगम भुजेल, एलिना चौधरी, लक्ष्मण लिम्बू, सुदिप खतिवडा विजयी भएका छन् ।
सभापतिमा विजयी काफ्ले को हुन ?
काफ्ले बि.सं. २०५२ मंसिर १४ गते भोजपुरको हसनपुरमा जन्मिएका हुन् । बाल्यकालदेखि नै राजनीतिमा निकै चाख राख्ने गरेको उनका परिवार बताउँछन् ।
उनी २०६२।०६३ सालको जनआन्दोलनताकै सक्रिय रहे । कलिलो उमेरमै निबन्ध लेखन, साहित्यिक गतिविधिमा सक्रियता, वक्तित्वकला, नेतृत्व विकास तथा क्षमता अभिवृद्वि लगायतका कार्यक्रममा उनको सहभागिता हुन्थ्यो ।
०६४ सालमा भोजपुरबाट सुनसरीको तत्कालीन भरौल गाबिसस्थि कालाबञ्जारमा बसाइसराईँ आएपछि उनी स्थानीय भरौल बाल सञ्जालको अध्यक्ष बने । यस्तै,०६८ सालमा नेविसंघ जडेज माविका इकाई सभापतिको कार्यभार सम्हालिसकेका काफ्ले निरन्तर विद्यार्थी राजनीतिमा सक्रिय छन् ।
खासगरी इटहरीको जनता बहुमुखी क्याम्पसमा २०७१ सालमा भर्ना भएपछि उनमा विद्यार्थी राजनीतिको चाख बढ्दै गयो ।
सोही अनुरूप ०७१ सालमा जनता बहुमुखी क्याम्पस प्रवेश गरी नेविसंघको इकाई समिति सदस्य भइ २०७३ मा इकाई सचिव भएका उनी विद्यार्थीका हरेक समस्याको सारथी बन्दै आएका छन् ।
बराहक्षेत्र वडा नं. ५ मा कहिल्यै नेपाली कांग्रेसले नजितेको ठाउँमा उनका दाजु रोहित काफ्लेले गत स्थानीय तहको निर्वाचनमा जितेर अहिले वडा चलाईरहेका छन् । यसकारण उनको परिवारमा राजीतिमै समाहित थियो भन्न कठिन नहोला ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो