इटहरी । नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजनामा "लैङ्गिक हिंसा निवारणसम्बन्धी ५ दिने खोज पत्रकारिता तालिम" आजदेखि विराटनगरमा सुरु भएको छ।
कोशी प्रदेशका विभिन्न जिल्लाबाट ३० जना महिला पत्रकारहरूले सहभागिता रहेको तालिम काेशी प्रदेश सामाजिक बिकास मन्त्रालय काे सहकार्यमा भएकाे हाे भने तालिमको प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा रहेकी छिन्।
कार्यक्रमको उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, उपाध्यक्ष अम्बिका भण्डारी, महासचिव हिमा चेम्जोङ, पत्रकार महासंघ मोरङकी अध्यक्ष सुसिला पाठक लगायतको उपस्थिति रहेको थियो।
सुप्रिया राई
१३ बैशाख २०८२, शनिवार ०१:४९ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो