सुनसरीमा दुर्घटनामा परी चारको मृत्यु, ११ घाइते

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । सोमबार बिहान सुनसरीमा दुई सवारी साधन आपसमा ठोकिँदा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।

बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ जलुवा टोलमा बस र माइक्रो ठोक्किएका हुन् ।

काँकडभिट्टाबाट खोटाङको दिक्तेल तर्फ जाँदै गरेको मे.१ ख १७९९ नम्बरको बस र राजविराजबाट विराटनगरतर्फ आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको माइक्रो एक आपसमा ठक्कर खाएका हुन् ।

दुर्घटनामा परेर सप्तरीको महादेवा गाउँपालिका ६ बस्ने वर्ष ३५ को शङ्कर मण्डल, सुनसरीको कोसी गाउँपालिका ६ बस्ने वर्ष ७० को लक्ष्मण सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै ग्लोबल कार्डियो एन्ड न्युरो अस्पताल भोक्राहा सुनसरीमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी विराटनगरका अशोक यादव हुनसक्ने अनुमान प्रहरीले गरेको छ । थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइते मध्ये जिल्ला अस्पताल इनरुवा सुनसरीमा करिब ४५÷५० वर्षीय महिलाको पनि मृत्यु भएको छ । उनको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन तिमल्सिनाले जानकारी दिए । घाइतेहरूको भोक्राहाको अस्पताल, इनरुवास्थित जिल्ला अस्पताल र विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये ११ जनाको ग्लोबल कार्डियो एन्ड न्युरो अस्पताल भोक्राहामा उपचार भइरहेको छ । मोरङको सुन्दरहरैचा ९ बस्ने अम्बिका राई, खोटाङ रावाबेशी गाउँपालिका–२ बस्ने निरुता परियार, सोही ठाउँको निर्मल परियार घाइते भएर सोही अस्पतालमा उपचाररत छन् । त्यस्तै सप्तरीका रवीन्द्र प्र. मण्डल, उदयपुरको चौदण्डिगढी ५ बस्ने रेनुका श्रेष्ठ, झापाको शिवसत्ताक्षी नगरपालिका ५ बस्ने वर्ष–३८ को खगेन्द्र थापा घाइते छन् ।

त्यसैगरि झापाको भद्रपुर ९ बस्ने वर्ष–५३ का सन्तोष खत्री, उदयपुरको कटारी नगरपालिका १ बेलसोत बस्ने वर्ष–२० का दीपक बिक, इलामको चुलाचुली गाउँपालिका ३ बस्ने सविन राई, सप्तरीका रवीन्द्र मेहता र सप्तरीकै जिवछ महात्मा पनि घाइते छन् । उनीहरूमध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

गोल्डेन अस्पताल विराटनगरमा ९ जना घाइतेहरूको उपचार भइरहेको छ। जसमा झापा अर्जुनधारा नगरपालिका १ साजनटार बस्ने २० वर्षीय सत्य राई, सप्तरी राजविराज–६ बस्ने वर्ष–१० का रुद्र राय, विराटनगर महानगरपालिका १० बस्ने वर्ष ४८ कि शोभा यादव, सप्तरीको राजविराज–१२ बस्ने वर्ष–४४ का प्रमोद रजक छन् ।

गोल्डेन अस्पतालमा उपचार गराइरहेकाहरूमा तिलाठी नगरपालिका–५ बस्ने वर्ष–२२ को रवि राय, राजविराज २ बस्ने वर्ष–२४ को भोला यादव, राजविराज तेतरी गाछी बस्ने प्रदीप यादव, सुनसरी कोसी ६ श्रीपुरका जोगिन्द्र दास (बाबा), डाक्नेश्वरी नगरपालिका ३ की अमृता रायको गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विराट नर्सिङ होम विराटनगरमा उपचाररत माइक्रोका सहचालक सप्तरीको राजविराज नगरपालिका ४ बस्ने वर्ष–२१ को सन्तोष बास्तोला डिस्चार्ज भएका छन् । उनी सामान्य घाइते भएका थिए ।

जिल्ला अस्पताल इनरुवामा उपचार गराइरहेकाहरू दुई जना डिस्चार्ज भएका छन् । खोटाङको हलेसी तुवाचुङ नपा १० बस्ने वर्ष ८४ का नेत्रलाल गिरीको टाउको र दाहिने खुट्टामा सामान्य चोट लागेको थियो भनेँ उनका छोरा वर्ष ३९ केदार गिरी पनि सामान्य मात्रै घाइते थिए। उनीहरु डिस्चार्ज भई घर फर्किएका प्रहरीले जनाएको छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया