इटहरीमा रक्तदान कार्यक्रम सम्पन्न, ४३ पिन्ट रगत संकलन

सुप्रिया राई




इटहरी । अन्तर्राष्ट्रिय रक्तदाता दिवस तथा ११औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा इटहरीमा आयोजित रक्तदान कार्यक्रममा ४३ पिन्ट रगत संकलन गरिएको छ।


पतञ्जली योग पीठ नेपाल इटहरी उपमहानगरपालिका समितिको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी, इटहरी, नर्थ पोइन्ट इंग्लिस स्कूल र इटहरी लेडिज जेसीजको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।


'घर–घरमा योग, जन–जनमा योग' भन्ने नाराका साथ विभिन्न स्वास्थ्य सचेतना कार्यक्रम गर्दै आएको पतञ्जली योग पीठले यस अवसरमा कोशी प्रदेशमै १०४ पटक रक्तदान गरेर उदाहरणीय योगदान पुर्‍याएका बाबुराम प्रधानलाई सम्मान समेत गरेको छ।


पतञ्जली योग पीठ इटहरी उपमहानगरपालिका समितिकी अध्यक्ष उर्मिला कटुवालको सभापतित्वमा भएको  कार्यक्रममा प्रमुख अतिथि इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुली थिए भने नेपाल रेडक्रस सोसाइटी इटहरीका अध्यक्ष दिनेश भट्टराई, इटहरी लेडिज जेसीजकी अध्यक्ष लक्ष्मी बराल, पतञ्जली योग पीठ नेपाल कोशी प्रदेश संगठन सचिव विष्णु आचार्य, जिल्ला अध्यक्ष ओमप्रसाद कोइराला लगायतको उपस्थिति रहेको थियो।

सुप्रिया राई
प्रतिक्रिया