पाठकको पुर्पुरो : वि.सं. २०८० श्रावण २८ गते (तद्अनुसार सन् २०२३ अगस्त १३ तारिख) आइतबार अधिक श्रावणकृष्णपक्ष द्वादशी तिथि

खगेन्द्र कार्की

मेष – आँटेको काममा आज बाधा पुग्न सक्छ । अधिकारका लागि केही संघर्ष हुनसक्ने योग छ । ब्यर्थको खर्च बढ्ने समय भएकोले खर्च नियन्त्रणको प्रयास गर्नु हितकर होला । तथापि, मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मान प्राप्त होला । मित्रजनको साथ मिल्नेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

वृष – आश मारेको काम बन्नाले उत्साह जागृत होला । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै आइपरेका समस्या सुल्झाउन सकिनेछ । विशेष मेहनतले आज प्रतिस्पर्धाको दौड जिताउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ख्याल राख्नुहोला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – आजको दिन प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्, खर्च पनि बढ्नेछ । तर विवेकले परिस्थिति नियन्त्रणमा लिन सकिएला । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका जुर्ने योग छ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ । रसरागमा रुचि बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – चिताएको काम बन्नाले प्रशन्नता मिल्ने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् भने दैनिक काममा पनि फाइदा हुनेछ । काममा अवरोध आउन सक्छ । सन्तान वा अनुयायीको माध्यमबाट काममा लाभ मिल्ला । लगानी बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । बौद्धिक र रचनात्मक काम भने बन्नेछन् । ख्याति फैलिने योग छ ।

सिंह – परिवारजनको साथले उत्साह जगाउने समय छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । कामका सहयोगीहरू पछि हट्नेछन् भने प्रतिस्पर्धीहरूले सताउन सक्ने योग भएकोले आफ्ना योजनाहरू गोप्य राख्नुहोला । साथीभाइसँग सन्तुलित व्यवहार गर्नु र हितकर हुनेछ । पारिवारिक सुख शांति रहनेछ ।

कन्या – कर्मबल बढ्ने समय भए पनि आजको दिन खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्न सक्छ, सचेत रहनुहोला । जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । व्यावसायिक काम पनि सोचेअनुसार अघिबढ्न कठिन पर्ने देखिन्छ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुने समय छ । मेहनतको फल प्राप्त होला । परिवारजनका आवश्यकता पूरा हुनेछन्, तर शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा कष्ट मिल्न सक्ने योग छ । स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । योजना र बजेट बनाइ काम गर्ने प्रयत्न गर्नुहोला ।

वृश्चिक – समय शुभदायी छ । विभिन्न सहयोग तथा उपहार प्राप्त होला । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । तर, अरूको मात्र भर पर्नाले महत्वाकांक्षा पूरा नहुन सक्छ । शुभचिन्तकहरूको सुझावलाई आत्मसात गरेर अघि बढ्ने प्रयत्न गर्नु हितकर हुनेछ । विशेष कार्यमा सफलता प्राप्त होला । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउने समय छ । बोलीको भरमा महत्वपूर्ण काम सम्पादन होला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने योग छ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । आरोग्यता बढ्नेछ । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – होसियारीसाथ काम लिनुपर्ने समय छ । छरछिमेकमा असमझदारी तथा विवाद उत्पन्न हुन सक्ने योग रहेकोले सावधान रहनुहोला । आर्थिक समस्याले सताउन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि विवेक लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – पुरानो समस्या दोहोरिनाले अलि अप्ठ्यारोमा परिएला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । समयमा हिम्मत गर्न नसक्दा पछि परिने योग छ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । रसरागको भाव बढ्ला ।

मीन – व्यस्तता बढ्नेछ । आजको दिन काम बिग्रने डरले सताउन सक्छ । समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढा हुन सक्छन्, तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । आरोग्यता र कर्मबल बढ्नेछ । सामर्थ्य बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्ने समय छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया