कोसी प्रदेसका मुख्य मन्त्री केदार कार्की द्धारा स्वास्थ्य चौकी उत्घाटन तथा २ वटा एम्वुलेन्स हस्तान्तरण

सुप्रिया राई

इटहरी । कोसी प्रदेशका मुख्य मन्त्री केदार कार्की द्धारा पथरी सनिस्चरे सीवीरमा वनाइएको स्वास्थ्य चौकीको उत्घाटन तथा वेलडागी सीवीर र पथरी सनीस्चरे सीवीरलाई २ वटा एम्वुलेन्स हस्तान्तरण गरीएको छ  ।

इन्ट्रा फाउन्डेसनको सहयोगमा निर्माण भएको स्वास्थ्य चौकीको उत्घाटन र फाउन्डेसनको सहयोगमा प्राप्त भएको २ वटा एम्वुलेन्स दमकमा रहेको वेलडागी सीवीर र पथरीको सनीस्चरे सीवीरलाई एक कार्यक्रमका विच मुख्य मन्त्री केदार कार्की द्धारा हस्तान्तरण गरीएको हो ।

नेपालीहरुको उत्पती नेपालमा भएको र सन्सार भरी छरीएका नेपालीहरुलाई एक वनाउन इन्ट्रा फाउन्डेसन लागीपरीरहेको फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी गराए ।शणार्थी सीवीरमा छोडिएका आमा,वावाहरुलाई पोष्टिक खाद्यन्यको लागी मासीक ५ हजार दिदै आएको र वालवालीकाहरुलाई प्लस टु सम्म निशुल्क गुणस्तरीय शिक्षा दिदै आएको समते अध्यक्ष अधिकारीले जानकारी गराए ।

 त्यसै गरी कोशी प्रदेसका मुख्य मन्त्री कार्कीले फाउन्डेसनका अध्यक्ष अधिकारीले सीवीरमा पु¥याएको योगदानको चर्चा गर्दै  शीवीरको सञ्चालन र व्यावस्थापनको जिम्मेवारी प्रदेस सरकारले लिने साथै सहयोग गर्न प्रदेस सरकार सधै तयार रहेको वताए ।


सुप्रिया राई
प्रतिक्रिया