हलेसीका आगलागी पीडितलाई नगरपालिकाले दियो आर्थिक सहयोग २२ लाख

खगेन्द्र कार्की


खोटाङ/ खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानमा आइतबार आगलागीबाट क्षति व्यहोरेका पीडित परिवारलाई नगरपालिकाको तर्फबाट आर्थिक सहयोग उपलब्ध गराइएको छ । आगलागी भएको भोलिपल्ट सोमबार नगरप्रमुख बिमला राईको अध्यक्षतामा बसेको सर्वदलीय बैठकको निर्णय बमोजिम एकद्धार प्रणालीबाट हलेसी तुवाचुङ नगरपालिकको माछापुच्छ्रे बैंकको प्रकोप व्यवस्थापन कोषको खातामा जम्मा भएको रकम रु.२२,००,०००।– (अक्षरुपी बाइस लाख मात्र) चैत्र ३ गतेको बैठकको निर्णय बमोजिम हस्तान्तरण गरिएको नगरप्रमरख राईले बताएकी छन् ।

राईका अनुसार सो आगलागीबाट पूर्ण क्षति र आशिंक क्षति भएकाहरुलाई राहत रकम उपलब्ध गराएको छ । पूर्ण क्षति भएका पदमशेर राई र आइराख राईलाई ९÷९ लाखका दरले राहत रकम उपलब्ध गराइएको छ भने आशिंक क्षति भएका दुई परिवार प्रकाशचन्द्र गिरी र भरणशेर राईलाई २÷२ लाख रुपैयाँको चेकमार्फत हस्तान्तरण गरिएको नगरप्रमुख राईले बताएकी छन् ।


खगेन्द्र कार्की
प्रतिक्रिया