मरणोपरान्त र अन्य गरी सात सय २८ जना राष्ट्रपति पौडेलबाट विभुषित

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई विभूषण प्रदान गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले एक जनालाई नेपाल रत्न, तीन जनालाई राष्ट्र गौरव, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, १४ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री, १६ जना सुकीर्तिमय राष्ट्रदीप, एक सय ६५ जनालाई सुप्रबल जनसेवाश्री, छ जनालाई कीर्तिमय राष्ट्रदीप, तीन सय १६ जनालाई प्रवल जनसेवाश्री, एक जनालाई राष्ट्रदीप र दुई सय पाँच जनालाई जनसेवाश्री प्रदान गर्नुभयो ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित हुनुहुन्थ्यो । आआफ्नो क्षेत्रबाट योगदान गरेका ९ सय ८२ जनालाई विभूषण प्रदान भएको हो ।

जसमा नेपाल रत्नबाट पूर्वप्रधानमन्त्री सुशील कोइराला मरोणोपरान्त सम्मानित हुनुभएको छ । राष्ट्र गौरवबाट दिवंगत नेता जीवराज आश्रित, शताब्दी पुरुष सत्यमोहन जोशीलाई मुलुकले कदर गरेको छ । यसैगरी मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी यही पदकबाट विभूषित हुनुभएको छ ।

संविधान दिवस अर्थात गत असोज ३ गते विभूषण पाउनेको नाम सार्वजनिक भएको थियो ।


खगेन्द्र कार्की
प्रतिक्रिया