पाठकको पुर्पुरो : वि.सं. २०८१ भाद्र ६ गते (तद्अनुसार सन् २०२४ अगस्त २२ तारिख) बिहीबार –सबैका लागि दिन शुभ रहोेस्

खगेन्द्र कार्की

मेष – नयाँ योजना बन्ने र पुरानो समस्या सुल्झाउन सकिने समय छ । रोकिएको काम आज दोहोऱ्याउँदा सफलता मिल्नेछ । ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ, सचेत रहनुहोला । स्थायी सम्पत्तिमा पनि विवाद आउनसक्ने योग छ । पठनपाठनमा खासै मन लाग्नेछैन । आर्थिक उपार्जनको काममा लागिरहँदा केही न केही लाभ मिल्ने देखिन्छ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

वृष – आजको दिन विभिन्न अवसरले पछ्याउनेछन् । रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनसक्छ । तर, ब्यापार-व्यवसायमा लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । स्वास्थ्यमा पनि सामान्य कमजोरी रहला । परिवारजन तथाआफन्तबीच आत्मीयतामा कमी आउने योग भएपनि बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ । प्रगतिको दर बढ्नेछ । परिवारिक सुख रहला ।

मिथुन – दिन केही चुनौतीयुक्त रहने देखिन्छ । स्वास्थ्य केही कमजोर रहनाले चिताएको काम पूरा गर्न सकस पर्ला । प्रतिकुलताका बाबजुद जिम्मेवारी भने बढिरहने योग छ । खानपानमा लापर्वाही नगर्नु उचित हुनेछ । पढाइलेखाइमा समय दिन नसकिएला । आज खर्च केही बढेपनि दिगो आयस्रोत जुटाउन सकिने अवसर जुर्न सक्छ । नजिकका मित्रजन टाढिए पनि टाढाका साथीभाइ नजिकिनेछन् । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट – आजको दिन बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्नसक्छ, सावधान रहनुहोला । विशेष योजना गोप्य राख्ने प्रयत्न गर्नुहोला । समयमा होश नपुग्नाले जोखिम र खर्च बढ्न सक्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, याद राख्नुहोला । स्वास्थ्यगत समस्याले सताउन सक्छ । लेनदेनमा विवाद हुनसक्ने सम्भावना रहेकोले आज आर्थिक कारोबार सकभर नगर्नु उचित हुनेछ ।

सिंह – आम्दानी बढ्ने र पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने दिन छ । सकारात्मक कर्मका लागि प्रेरणा जगाउनेहरू भेटिएलान् । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । रमाइलो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ । व्यावसायिक यात्राको प्रक्रिया अघि बढ्ने समय छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ ।

कन्या – बोलीको कारणले केही समस्या उब्जिनसक्ने समय रहेको हुँदा बोली र व्यवहारमा संयमता अपनाउनु हितकर होला । नियमित कार्यमा सहयोगीहरूले लाभ दिलाउन सक्छन् । अध्ययनमा समय दिन नसकिएला । लेनदेनमा विवाद हुनसकछ, सावधान रहनुहोला । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वादिष्ट भोजनको अवसर प्राप्त भए पनि स्वास्थ्यप्रति सजग रहनुहोला । कामको सन्दर्भमा यात्राको सम्भावना छ । प्रेम भाव वृद्धि हुनेछ ।

तुला – नाम, दाम र इनाम कमाउने समय छ । सोचेको काम बिस्तारै कार्यान्वयनमा जाला आजको दिन स्वास्थ्य भने केही कमजोर रहनसक्छ । नियमित काम केही सुस्त गतिमा चलेपनि सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने योग छ । लगनशील बन्न नसक्ता आलोचनाको शिकार बन्ने सम्भावना छ, कमी–जोरीमाथि टिप्पणी हुन सक्छ ।

वृश्चिक – प्रतिष्ठित कामको जिम्मेवारी पाइने योग भएपनि आजको दिन सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । भूमि वा पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ । अर्थ अभावले योजना स्थगित हुने सम्भावना छ, कार्यसफलताका लागि विशेष मिहेनतको दरकार छ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । आरोग्यबल वृद्धि होला ।

धनु – व्यस्तता बढ्नेछ भने व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन् । तर, प्रतिकुलताका बाबजुद इच्छाशक्ति एवं मेहनतले फाइदा दिलाउनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ । भौतिक साधन जुट्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – नयाँ व्यवसाय सुरु गर्न चाहनेका लागि उचित समय छ । रोकिएका काममा पुनः प्रयत्न गर्नु उचित हुनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । रुपैयापैसाको कारोबार हुने देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्त होला ।

कुम्भ – मेहनतले धेरैको विश्वास जित्न सकिने दिन छ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहला । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ । शुभचिन्तकहरूको सुझावलाई कदर गर्नुहोला ।

मीन – उपहारभन्दा कर्ममा विश्वास गरेर अघि बढ्दा फाइदा हुने दिन छ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । अप्रिय समाचारले खिन्नता जगाउने योग छ, ध्यान राख्नुहोला । आरोग्यता रहनेछ । लेखन तथा प्रकाशनसित सम्बन्धित कामले सार्थकता पाउनेछ ।

खगेन्द्र कार्की
प्रतिक्रिया