फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित सिडिई, इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न, मेपटेक विल्डिंग सर्भिसेस, परामर्शदाता वास्तुशिल्प एसोसिएट्ससहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।
उहाँका अनुसार मुद्दा दायर गरिएकामा सिडिइी नविनकुमार पोखरेल मेकानिकल, सहायक निर्देशक रमेश प्रसाद पोखरेल, शाखा अधिकृत मनिकमान महर्जन, पूर्व लेखा अधिकृक रामबहादुर बुढा, शाखा अधिकृत शिरिष उपाध्याय, इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न प्रा।लिका प्रबन्ध निर्देशक रोहित मान प्रधान, मेपटेक विल्डिंग सर्भिसेस प्रा.लि.का निर्देशक भुवन महर्जन र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्र लाल गुरौ रहेका छन् ।
उहाँले भन्नुभयो, ‘सुरक्षण मुद्रण केन्द्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा अस्वाभाविक लागत तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौता विपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर स्वीकार गर्ने, सम्झौतामा उल्लेख भए भन्दा फरक देशमा उत्पादिक जेनेटेर स्वीकार गरी भुक्तानी गरेको अनुसन्धानबाट खुलेको छ।’
अख्तियारले उनीहरुमाथि २ अर्ब ६९ करोड रुपैयाँ बिगो माग्दै मुद्दा हालेको छ। कार्यकारी निर्देशक पौडेल एक्लैसँग अख्तियारले ६९ करोड रुपैयाँ बिगो माग गरेको छ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो