इटहरी । ५ वर्ष अगाडि आएको कोरोनाको महामारीको समयमादेखि नै दशैंलाई डिजिटलाइज्डमा परिणत गरिएको छ । बडा दशैं २०८१ मा टाढा रहेका र घरमा आउन नसकेकाहरुलाई टिकादेखि लक्षिण र आर्शिवाद सबै डिजिटलाइज्ड गरिएको । धेरैे मोबाइलको स्क्रिनबाटै टिका, दक्षिण र आर्शिवाद ग्रहण गरेका छन् ।
दशैं एउटा धार्मिक र सांस्कृतिक महत्त्वको पर्व मात्रै नभएर परिवार र समुदायलाई अझ नजिक ल्याउने अवसर पनि हो ।
दशैंको दौरान टीका र जमराको आशीर्वादसँगै दक्षिणा दिइन्छ । यसले परम्परागत रूपमा सम्मान र माया दर्शाउँछ । लामो समयदेखि चल्दै आएको यस परम्पराले परिवारका ठूला सदस्यहरूले सानालाई आशीर्वाद दिँदै आर्थिक रुपमा सहयोग गर्ने सामाजिक रीत बसाल्यो ।
तर, समय परिवर्तनशील छ । अहिले कागजी नोटको सट्टा ‘डिजिटल दक्षिणा’ अर्थात् डिजिटल माध्यममार्फत पैसा पठाउने प्रचलन व्यापक हुँदैछ । डिजिटल भुक्तानी प्रणालीहरूको उदयले दशैंमा दक्षिणा दिने पुरानो परम्परालाई नयाँ स्वरूप दिन सक्छ । प्रविधिले हाम्रो सामाजिक परम्परालाई कसरी परिमार्जन गर्दैछ भन्ने विषय यहाँ उल्लेख छ ।
परम्परागत दक्षिणा
दशैंको अवसरमा दक्षिणा दिने चलन सदियौंदेखि रहिआएको छ । दक्षिणा भनेको केवल पैसा मात्रै नभई स्नेह, सम्मान र आशीर्वादको प्रतीक पनि हो । दशैंमा हरेक परिवारका ठूला मान्यजनले घरका साना सदस्य र आफन्तलाई नयाँ नोट दिन्थे । जसलाई ‘दक्षिणा’ भनिन्थ्यो ।
विशेषगरी बालबालिका दक्षिणा पाउने प्रतीक्षामा हुन्थे । त्यही पैसाले कापी किताबदेखि खेलौना, मिठाई वा आफ्नो इच्छाअनुसारका सामग्री किन्नु उनीहरूको खुसीको हिस्सा थियो ।
यसरी घरघरमा दक्षिणा दिने कार्यले पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाउने काम गर्थ्यो । आर्थिक सशक्तिकरणको साथै सामाजिक संस्कारको अङ्ग थियो यो ।
दशैंपछि बजारमा बालबालिकाहरूले प्राप्त गरेको दक्षिणा खर्च गर्न जाँदा जीवनको अर्थशास्त्र सिक्थे । यस्तै आर्थिक असमानता भएका परिवारले पनि दक्षिणाबाट प्राप्त पैसा सानालाई सहायतास्वरूप दिन्थे ।
तर, परम्परागत दक्षिणामा केही चुनौतीहरू पनि थिए । टाढा रहेका आफन्तलाई दक्षिणा दिनको लागि भौतिक रूपमा भेट हुन आवश्यक हुन्थ्यो । कागजी नोटको व्यवस्थापन पनि समयसापेक्ष झन्झटिलो हुन सक्थ्यो । र, कतिपय अवस्थामा हराउने वा बिग्रने जोखिम पनि रहन्थ्यो ।
डिजिटल दक्षिणा
पछिल्लो समय मोबाइल तथा इन्टरनेटको पहुँचमा तीव्र वृद्धि भएको छ । यससँगै डिजिटल भुक्तानी प्रणालीहरू लोकप्रिय हुँदै गएका छन् । यसले गर्दा दशैंजस्ता परम्परागत चाडपर्वमा पनि डिजिटल भुक्तानीले ठूलो स्थान लिएको छ ।
अहिले सहरमा बस्ने युवा पुस्ताले मात्र नभएर गाउँका धेरै मानिसहरूले पनि डिजिटल वालेटमार्फत रकम पठाउन थालेका छन् । दक्षिणाको सवालमा पनि यो लागु हुन सक्छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो