केराबारी । महादानको रुपमा परिभाषित गरिएको रक्तदानका विषयमा समाजमा उठेका विभिन्न भ्रमहरु चिर्न केराबरी गाउँपालिकामा सचेतनामूलक अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी सुनसरीको ब्लड फर नीड नामक संस्था र केराबारी गाउँपालिकाको संयुक्त आयोजनामा शुक्रबार आयोजित सो कार्यक्रम गाउँपालिकको सभाहलमा आयोजना गरिएको कार्यक्रम संयोजक गोकुल बहादुर थापाले बताए ।
रक्तदान जीवन दान– जीवन दान महादान भनाईलाई कसरी सार्थक बनाउने ? रक्तदान किन गर्ने र कसले गर्ने ? भन्ने विषयमा रक्तदाताहरुमा उब्जिएको भ्रम चिर्न कार्यक्रम आयोजना गरिएको थापाको भनाई थियो ।
धेरै मानिसले जीवनमा रक्तदान गरेपनि रक्तदान कसले गर्ने ? किन गर्ने ? कसरी गर्ने र केका लागि गर्ने भन्ने बारेमा थाहा नपाई रक्तदान गर्ने गर्ने गरिएको छ । रक्तदानका बारेमा समाजमा भ्रम फैलिएको र त्यही भ्रमका आधारमा नाकारात्मक सोच बनेको कारणले पनि कतिपय रक्रदान गर्न डराउने गर्दछन र रक्तदानमा सहभागी हुँदैनन । त्यस्ता मिथ्या भ्रम चिर्न सचेतनामूलक अन्र्तक्रिया कार्यक्रम फलदायी बनेको सहभागीहरुले बताएका छन् ।
अस्पतालको बेडमा रगतको अभावमा छटपटाईरहेका बिरामीले रगत अभावकै कारणले जीवन गुमाउन नपरोस भन्ने पवित्र उद्देश्यबाट स्थापित संस्थाहरुले सो कार्यक्रम गरेको समाजसेवी तथा कार्यक्रम संयोजक थापाले बताए ।
सबैले जान्नै पर्ने रक्तदान बारेको भ्रम र यथार्थलाई सहजीकरण मार्फत् प्रष्ट पार्न ब्लड फर नीड का केन्द्रिय उपाध्यक्ष जोरस दाहालको उपस्थितीमा र सुनसरी अध्यक्ष प्रकास गिरीले कार्यक्रममा सहजीकरण गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङ्गचिङ्ग, पालिका प्रवक्ता श्री नारायणप्रसाद भुजेल, वडा नम्बर ७ का वडाध्यक्ष श्री खगेन्द्रप्रसाद निरौला, वडा सदस्य्हरु श्री नरबहादुर मगर, श्रीशोकबहादुर बस्नेत, श्री मिथुन देवान, श्री राजनकुमार थापा, पूर्व वडाध्यक्ष श्री मनोजकुमार खड्का लगायत विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरु लगायत, विभिन्न व्यापारी व्यवसायी सामाजिक संघसंस्थाका प्रतिनीधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो